भाडावालसँग विद्युत बिलमा घरधनीको व्यापार

भाडावालसँग विद्युत बिलमा घरधनीको व्यापार

विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका छन् ।

घरबाहलमा बस्नेलाई मिटरको खपतको आधारमा बिल हुँदा तय भएको अधिकतम दरभन्दा बढी महसुल उठाउन नपाउने व्यवस्था छ । ग्राहस्थ वर्गले जडान गरेको सिंगल फेज तल्लो भोल्टेज अनुसार प्राधिकरणले तोकेको शुल्क निम्मानुसार छ ।

माथि उल्लेखित तालिका अनुसार
नयाँ महशुल दरअनुसार गार्हस्थ वर्ग अर्थात् आम उपभोक्ताका लागि सिंगल फेज तल्लो भोल्टेजमा ० देखि २० युनिटसम्मको विद्युत खपतमा ३० रुपैयाँ महशुल लाग्छ । अर्थात १० युनिटसम्मको विद्युत खपतमा न्युनतम शुल्क ३० रुपैयाँ लाग्छ भने इनर्जी शुल्कवापतको महशुल लाग्ने छैन ।

त्यस्तै ११ देखि २० युनिटसम्मको विद्युत खपतमा न्युनतम शुल्क ३० रुपैयाँ लाग्नेछ भने प्रतियुनिट ३ रुपैयाँका दरले इनर्जी शुल्क लाग्नेछ । उदाहरणका लागि १५ युनिट विद्युत खपत भएमा न्युनतम शुल्क ३० रुपैयाँ र प्रतियुनिट ३ रुपैयाँका दरले इनर्जी शुल्क गर्दा १५×३ बराबर ४५ रुपैयाँ महशुल उठ्छ । अर्थात् १५ युनिट खपतमा ३० रुपैयाँ न्युनतम शुल्क र ४५ रुपैयाँ इनर्जी शुल्क गरी कुल ७५ रुपैयाँ मासिक तिर्नुपर्नेछ ।
२१ देखि ३० युनिटसम्मको विद्युत खपतमा मासिक न्युनतम ५० रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट ६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । उदाहरणका लागि २५ युनिट विद्युत खपत गर्दा ‘न्युनतम शुल्क ५०+२०×३ +५×६.५० गरी कुल १ सय ४२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । सुरुको २० युनिटसम्म इनर्जी शुल्क प्रतियुनिट ३ रुपैयाँ नै तिर्नुपर्नेछ भने बाँकी ५ युनिटको इनर्जी शुल्क प्रतियुनिट ६ रुपैयाँ ५० रुपैयाँ तिर्नुपर्नेछ ।

३१ देखि ५० युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क ५० रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ । तर १ देखि २० युनिटसम्मको इनर्जी शुल्क प्रतियुनिट ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्मको प्रतियुनिट ६ रुपैयाँ ५० पैसा र ३१ देखि ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ ।

५१ देखि १ सय युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क ७५ रुपैयाँ तोकिएको छ भने इनर्जी शुल्क ९ रुपैयाँ ५० पैसा तोकिएको छ । अर्थात बिलिङ गर्दा सूत्र अनुसार नै १ देखि २० युनिटसम्म प्रतियुनिट ३ रुपैया, २१ देखि ३० युनिटसम्म प्रतियुनिट ६ दशमलव ५० रुपैयाँ, ३१ देखि ५० युनिटसम्म ८ रुपैयाँ र ५१ देखि १ सय युनिट सम्म प्रतियुनिट ९ रुपैयाँ ५० का दरले महशुल तिर्नुपर्नेछ ।
त्यस्तै १०१ देखि १५० युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क १ सय रुपैयाँ र प्रतियुनिट इनर्जी शुल्क ९ रुपैयाँ ५० तोकिएको छ ।
१५१ देखि २५० युनिटसम्मको खपतमा न्युनतम मासिक शुल्क १ सय २५ रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट १० रुपैयाँ तोकिएको छ ।
२५० देखि ४ सय युनिटसम्मको विद्युत खपतमा १ सय ५० रुपैयाँ न्युनतम मासिक शुल्क र प्रतियुनिट इनर्जी शुल्क ११ रुपैयाँ तोकिएको छ । ४ सय युनिटभन्दा माथिको विद्युत खपतमा भने १ सय ७५ रुपैयाँ न्युनतम मासिक शुल्क र प्रतियुनिट इनर्जी शुल्क १२ रुपैयाँ तोकिएको छ ।

भईरहेको छ व्यापार
अहिले अधिकांश घरबेटीहरूले विद्युत् महसुलको व्यापार घर भित्रै गरिरहेको धेरैको गुनासो छ । ओबीले बिहीबार गरेको सर्वेक्षणको कमेन्ट गर्नेहरुले १५ रुपैयाँ प्रतियुनिट भन्दा माथि बुझाउनु पर्ने उल्लेख गरेका छन् । प्राधिकरणको नयाँ महसुल दर न्यूनतम ३ र अधिकतम ११ रुपैयाँ प्रतियुनिट मात्र छ । यसरी घरबेटीले महिनैपिच्छे बढी पैसा असुलिरहँदा पनि बहालवालले कुनै आपत्ति जनाउन सक्दैनन् ।
सामान्यतया घरबेटीले प्रत्येक फ्ल्याटमा सबमिटर राखेर त्यसमा उठेको अंकका आधारमा भाडावालसँग महसुल लिनुपर्ने हुन्छ । तर, सवमिटर राखेर उठाउँदा समेत बढी शुल्क लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्