-पुष्पा शायरा
धर्मर छ मचान
पुर्याउनुछ निन्द्रा
त्यसमै पल्टिएर
आनन्द
गहिरो निद्रामा छ
निर्द्वन्द निदाउन खोज्छु
निन्द्रा खोस्न
घरि घरि
आउँछ
तिम्रो सम्झना !
हुने हुनामी
भएर छाड्छ
जानेको त्यत्तिनै छ
भएको त्यहि नै छ
पत्यार लाग्दैन
कस्लाई भनेर के हुन्छ र ?
निधारका रेखा
सहजै
मेटाउने सामर्थ्य हुदैन
खोसेर कसैले लिन्न
अनि त ;
भोग्दैछु जिन्दगी
निशङ्क
निर्द्वन्द्व
आखिर सम्झनामा
भइरहनु पनि
बाँच्नु त हो ;
बाँचेको छौ
मुटुभरी
र पल्पल
जीवन भइन्जेल
रहनु हृदयमा
सकसका भारिले
लचक्कै पारेपनि
गरेर प्रणायम,
भर्दैछु
खास श्वास
फोक्सोभरी
बाँचेको छ सपना
क्षितिज झिल्मिलमा छ
बोकेर एउटा भ्रम
निर्द्वन्द्व कुदेकी छु
पुग्न
तिम्रो नजिक
तिमी पर्खिने मान्छे
रमाइलो मान्छे
पर्खिरहेको होलाऊ
सम्झेर
साथ हुनु जत्ति मीठो
केही हुन्न रहेछ
छैनौ तिमी
नमिठो छ
उब्जिएको
छ
दरिलो ज्ञान
तर
डर दिनेहरूसङ्ग
निडर छु
हिँडेकीछु निश्चिन्त
धरातल पक्रिएर
द्वन्द रह्यो भने
हुनेछ दु:ख
आखिर भगवान्
रहनेछन्
साथ
मेरो निर्द्वन्द्व यात्रामा !