-लक्ष्मी रायमाझी
उन्मुक्त छ सञ्जाल
हाम्रो वरिपरि घुम्छ
जनजनमा पुग्छ
हृदयको स्पन्दनलाई छुन्छ
कर्मले कर्तव्यको तानाबाना बुन्छ
आवर विराटनगरको नामले।।!
यदि तिमी नभएको भए
फुल्ने थिएन कि,समाचारका गुच्छा
फूल बनेर गाँउ सहरको बगैँचा भरि
सप्रिने थिएन होला अखबारको खेति
खुल्ने थिएन होला यथार्थ घटनाक्रम
साँचो सत्यको ताइमा पाक्ने थिएन होला दिनहुँको दैनिकीमा आधारित
खबरभित्रको खबर
सेलरोटी जस्तै मीठो परिकार बनेर
घुमाउरो आकार लिएर!
बरु गुमसुम कुहिरो भित्रभित्रै हराउँथ्थ्यो होला खोजसोधहरू
अनि न्याय अन्यायको हारजित पनि गुमनाम सँगसँगै
कतै थन्किएर बस्थ्यो होला!
न्याय भन्ने शब्द नै अदालतको
इजलासमा कैदी भै दिदाँ
के हालमा गुज्रिन्थ्यो होला समाज!
या समाजभित्र हराएको समाज
कति कुरुप हुन्थ्यो होला
कल्पना भन्दा पर
सोच्न नसकेको वास्विकता !
भावनाको कदर नभएपछि
भावैभाव मग्मगाएर जग्मगाउने
थिएन हाम्रो गाउँठाउँ!
सुदूरपश्चिमसम्म पूर्वको माया
अहँ पुग्दैन थियो
हिमाली हवा कहिल्यै बहकिएर पनि आइपुग्दैनथियो दक्षिणी फाँटसम्म !
अनि सोच्नुस् त
बिना सञ्जालको संसारको
न कुनै महत्त्व न अस्तित्वजन्य
भूगोल हुन्छ !
ओहो!
अन्तर हृदयभरिको भावना
उन्मुक्त चाहना बोकेर
समयको लेकबेँसी गरिरहने आखिर
हिजोदेखि आज आजदेखि भोलिको चाल गति लिएर अघि बढिरहने एकमात्र उन्मुक्त सञ्जाल त हो।
पुरानो मनको भाका बोकेर
नयाँ गाउँको बाटो हिँड्ने
उही आसयमा
फरक समयमा
जूनताराको गाँउसम्म पुगेर
फर्केर आउने जाने
समयको गति सँगसँगै
समयानुसार चल्ने उही सञ्जालको नाम हो
आवर विराटनगर !!