मानिस जन्मदै स्वतन्त्र प्राणी भएकोले उसको जिबनमा स्वतन्त्रताले ठुलो महत्व राख्दछ l हरेक मानिस भित्र यसको चाहना हुन्छ र कुनै पनि किसिमको दासत्व अनि गुलामीबाट बच्न चाहने स्वभाव उसको हुन्छ l स्वतन्त्रतामा नै मानिसको सर्वाङ्ग विकास सम्भव छ l यदि उसको यो अधिकारलाइ कुण्ठित गरिदिने हो भने उसको बिकासको क्रममा नै बाधा अवरोध पुग्न जान्छ l यसैकारण संसारमा अधिकांस ठुला ठुला परिवर्तनहरु गुलामी र दासत्वबाट मुक्ति पाउनको निम्ति नै गरिएको पाइन्छ l मानिसले जिबन प्रकृतिबाट प्राप्त गर्ने भएकोले उसको यो अधिकारलाई खोस्ने अधिकार त्यो अवस्था सम्म कोहिसंग हुदैन जबसम्म उसले अरुको अधिकारमा दखल पुर्याउने कुनै कार्य गर्दैन l बाच्न र स्वतन्त्रता पुर्वक गरि खान पाउने अधिकार सबैको सुनिस्चित हुन्छ तर धेरै समाजमा विभिन्न नाममा यसलाई कुण्ठित गरिएको पाइन्छ l कुनै पनि बहानाले राज्यले जब नागरिकहरुको व्यक्तिगत छनौटको अधिकारलाइ नियन्त्रित गर्दछ, तब त्यो राज्यले बिस्तारै तानासाही स्वरूप धारण गर्दै जान्छ l मानिसको आर्थिक, सामाजिक, राजनीतिक हरेक किसिमको विकास स्वतन्त्रतामा नै सम्भब भएको कारण यस बारे छलफल चलाउन जरुरि छ जस्तो मलाई लाग्छ l
नेपालको परिपेक्क्षमा व्यक्तिगत स्वतन्त्रताको कुरा गर्दा एकदमै दयनीय स्तिथि छ l हाम्रो राज्य व्यवस्था, गरिबी र असिक्ष्याको कारणले गर्दा आजपनि अधिकांस हामीलाई व्यक्तिगत स्वतन्त्रता छ भन्ने कुराको ज्ञान नभएको अवस्था छ, जसकारण यसको फाइदा राज्य र अन्य पक्क्ष्यले उठाईरहेका छन् l व्यक्तिगत स्वतन्त्रता भनेको अरुको अधिकार र स्वतन्त्रतामा दखल नपुर्याई आफुलाई इच्छा लागेको कुरा गर्न पाउने अधिकारको अवस्था हो l आफ्नो अधिकार र स्वतन्त्रता उपयोग गर्दा अरुको अधिकारको सिमा मिचिन्छ भने त्यो न्याय र कानूनीको दृष्टिले गलत हुन जान्छ, तर अरुको अधिकारमा कुनै पनि किसिमको अतिक्रमण नगरी व्यक्तिले आफ्नो अधिकारलाइ उपयोग गर्न चाहन्छ भने उसले पूर्ण रुपले आफ्नो स्वतन्त्रता उपयोग गर्न पाउनु पर्छ l
नेपाली समाजमा धेरै मात्रामा व्यक्तिगत स्वतन्त्रता हनन गरिएको पाइन्छ तर यस प्रति हाम्रो सुजबुझको कमिको कारण समाजमा यो कुरा सामान्य भैसकेको छ l उधाहरणको लागि बेला बेलामा प्रहरीले जुवा-तास खेल्दै गरेकालाइ पक्राउ, छोटो मिनी स्कर्ट लगाउने, र कलेज ड्रेसमा पार्कमा बस्नेलाइ कारवाही, होटलमा प्रेमालाप गर्दै गरेको जोडी प्रहरी नियन्त्रणमा, मुन्द्रा लगाउने र लामो कपाल पाल्ने बिरुद्द कारवाही, लागु पदार्थ सेवन कर्ता प्रहरी फन्दामा आदि जस्ता नितान्त व्यक्तिगत स्वतन्त्रता हननका समाचार बार-बार सुन्नमा आइरहन्छ l यहाँ सम्म कि राज्यले कति बजे सम्म पसल खोल्न पाउने, कति जन्ती ल्याउने, दाइजो कति सम्म दिन पाउने, कति बजे सम्म देउसी खेल्ने, देउसे भैलोलाइ कति रकम दिने भनि उर्दी जाहेर गरिरहेको हुन्छ l
प्रस्न उठ्छ, यी माथिका व्यक्तिगत छनोटका बिसयमा आफ्नो स्वेच्छा र अधिकारको उपयोग गर्दा अरुको के हानी नोक्सानी हुन जान्छ र ? मैले तास खेल्दा, मिनी स्कर्ट लगाउदा, मुन्द्रा लगाउदा, कपाल पाल्दा, आफुलाइ मन परेको केटि वा प्रेमिकासंग घुम्दा, कोठामा बस्दा वा लागु पदार्थ सेवन गर्दा अरुलाई के असर पर्दछ ? प्राणी जगतमा मानिस सबैभन्दा श्रेस्ठ प्राणी हो, उ सोच्न सक्छ, उसलाई आफ्नो राम्रो नराम्रो, भलो-कुभलो सबैकुराको बारेमा निर्णय गर्न सक्छ l यदि उसले आफ्नो लागि सहि र हितकर निर्णय लिन्छ भने उसलाई नै फाइदा हुन्छ, यदि गलत र अहितकर निर्णय लिन्छ भने आफुनै सजायको भागीदार हुन्छ l उसले गरेको निर्णयमा उ बाहेक अन्य कोहि दोषी र जिम्मेवार हुदैन वा बनाउन मिल्दैन l
राज्यका प्रसासनको काम भनेको कसले जाड रक्सि खादै छ, कसले गाजा भांग खायो, को संग को सुतिरहेको छ, कसले कति छोटो मिनी स्कर्ट लगायो, कसले मुन्द्रा लगायो, कसले टाटु खोप्यो, कसले कापल पाल्यो भनि ताकझाक गर्ने होइन l यो व्यक्तिको नितान्त स्वेच्छाको बिसय हो l तर यदि कसैले रक्सि, भांग, धतुरो आदि खाएर समाजका अन्य सदस्यलाई गाली गलोज गर्ने, चोट पुर्याउने र सान्ति खलबलाउने कार्य गर्छ भने उसलाई कारवाहीको दायरामा ल्याउनु पर्छ l यदि एक अर्काको राजीखुसि बगैर कसैले अरुको सरिर माथि बलजफ्ती गर्छ भने उसलाई कानून सम्बत दण्डको व्यवस्था गरिनु पर्छ l तर कसैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्दा अरुको केहि नबिगारेको अवस्थामा नैतिकता र कानूनको आड लिएर कसैलाई पनि अनावस्यक दुक्ख र झन्झट दिनु गलत कार्य हो l
लामो कपाल पाल्ने, मुन्द्रा लगाउने, टाटु खोप्ने र छोटो स्कर्ट लगाउनेहरु राम्रै व्यक्ति नै भएपनि हाम्रो सामाजिक संस्कारको कारण उनीहरुलाई हेर्ने नजरिया नकारात्मक रहेको छ l जसरि नेपाली टोपी, दौरा सुरुवाल र राज्यको सेवा गर्ने बर्दी लगाउनेहरु सबै इमान्दार नहुन सक्छन त्यसैगरी सबै लामो कपाल पाल्ने, मुन्द्रा लगाउने, टाटु खोप्ने र छोटो स्कर्ट लगाउनेहरु गलत हुन्छन नहुन सक्छन l सबैलाई एकै किसिमको चस्मा लगाएर हेरी ब्याख्या गर्नु गलत हुन सक्छ l हरेक व्यक्तिको आ-आफ्नो स्व-इच्छा हुन्छ र बाच्ने तरिका हुन्छ l जसलाई सबैले सम्मान गर्न सक्नु पर्छ l
व्यक्तिगत स्वतन्त्रताको अभाब र कानूनी सासनको अनुरुप नचलेको नेपाल जस्तो देशमा लागु पदार्थ सेवन गर्ने, जुवा तास खेल्ने र होटेलमा पक्राउ परेका जोडीहरु प्रहरी प्रसासनको लागि राम्रो कमाइका साधन बनेका पाइन्छन l समाज र कानूनले नै उनीहरुलाई हेप्ने र जलिल गर्ने छुट दिएको छ l समाजले यस किसिमका क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई हेर्ने दृस्टी सकारात्मक नभएको हुदा कारवाही गर्ने अक्थियार पाएका व्यक्तिले यस किसिमका व्यक्तिहरुलाइ अनावस्यक डर, धम्कि र त्रास देखाई नाजायज फाइदा लिन बल पुगेको देखिन्छ l अझ त्यसमा पनि ति व्यक्तिहरुलाई नैतिकताको पाठ पढाएर मानिसहरुलाई जलिल र हिन महसुस गराउनु त साधारण कुरा भित्र पर्दछ l प्रस्न यो उठ्छ कि जसले नैतिकताको पाठ पढ़ाउछन् उनीहरु आफु कतिको नैतिकवान छन् l जो संग आफै नैतिकता छैन उसले अरुलाई नैतिकताको पाठ पढाउनु कतिको जायज छ l समाजका सदस्यहरुलाई पनि प्रहरीले यसकिसिमका व्यक्तिहरुलाई गरेको व्यवहार प्रति आश्चर्य लाग्दैन किनभने उनीहरुलाई लाग्छ प्रहरी प्रसासनले जे गर्दैछ ठिकै गर्दैछ, तिनीहरुको भलाइकै लागि गर्दैछ l तर यथार्थमा स्तिथि फरक हुन्छ l
हामी सबैलाई लाग्न सक्छ यदि यो सबैकुरालाइ खुला छोडी दिने हो भने सामाजिक बिकृति र अराजकताले स्थान पाउदछ l यदि सामाजिक मूल्य मान्यताकै कुरा गर्ने हो भने विकसित देशमा छिर्न कै निम्ति झुठो बिहे गरि विदेश जानु हाम्रो मूल्य मान्यता भित्र पर्दैन l विदेश सेमिनारमा भाग लिन गएका सहभागी र खेल खेल्न गएका खेलाडी आफ्नो देशको राहदानी च्यातेर लुकेर बस्नु हाम्रो संस्कार भित्र पर्दैन l देश र जनताको सेवा गर्छु भनि कसम खाएका राष्ट्रसेवकहरुले अकुत भ्रस्टाचार गरि समाज र राष्ट्रलाइ भडखालोमा हाल्नु हाम्रो परम्परा होइन l अरुको सम्पत्तिमा झन्डा गाडेर सम्पत्ति कब्जा गर्नु, अरुको जीउधनमा क्षति पुर्याउनु र हजारौ व्यक्तिहरुको ज्यान लिएर सत्ता प्राप्त गर्नु पनि हाम्रो मूल्य मान्यता अवस्य होइन l धर्म कर्म गर्ने नाउमा माइक लगाएर राति अरुको निन्द्रा खल्बलाउनु हाम्रो संस्कृति होइन l दाइजो ल्याएनन भनि हाम्रा छोरि चेली जलाई रहेकाछन् यो पनि हाम्रो संस्कार पक्कै होइन l तर यी सबै कुराको लागि हामीले सहिरहेका छौ वा छुट दिइरहेका छौ l मात्र त्यसलाई कानून र नैतिककताको आडमा सजायको भागीदार बनाईरहेका छौ जो एक्लो छ र जसले आफ्नो व्यक्तिगत छनौट र अधिकारको उपयोग गर्ने बाहेक अन्य कुनै ठुलो कसुर गरेको छैन l
राज्यको कानून जब विभेदकारी हुन्छ तब जहिले पनि सर्वसाधारणले दुक्ख पाउने अवस्था हुन्छ l हाम्रो समाजमा फेसबुकमा कमेन्ट लेख्नेलाइ २० दिन थुनामा राखिन्छ l जीविकोपार्जनको लागि तिहारमा रमाइलो गर्ने साधन फुलझडी र पटाका बेच्नेलाइ ठुलो कसुर ठहर्याई सार्वजनिक मुद्दा लगाइन्छ तर खुलेआम बम हानी अरुको जिउ धनमा हानी नोक्सानी पुर्याउने अपराधीहरुलाई राज्यले मिठो मसिनो खुवाई टेबल बार्ताको लागि निमन्त्रण गर्छ र उनीहरुको कन्डिसनलाइ स्वीकार गर्दछ l अदालतले कारवाही गर भनेका बाल कृष्ण ढुंगेललाइ प्रसासनले कारवाही गर्न सक्दैन l आफ्नो छोराको हत्याराहरुलाई कानुनि दायरामा ल्याइयोस भनि न्याय माग्दै ३३२ दिन देखि अनसनमा बसेका नन्द प्रसादले अधिकारीले अनायासमै ज्यान गुमाउनु पर्छ l प्रजातान्त्रिक प्रणालीमा यो भन्दा ठुलो दण्डहिनता के हुन सक्छ l “कानून नेपालमा माछा मर्ने जालो जस्तो भएको छ, सानो तिनो माछा जालोमा पर्छ तर ठुलोले जालो नै तोडी दिन्छ” l
व्यक्तिगत स्वतन्त्रताको नै कुरा गर्दा नेपालमा गरि खान चाहनेहरुको लागि आझ कठिन अवस्था छ l कुनै पनि उधम, व्यापार-व्यवसाय गरेर खानको लागि धेरै चुनौतीको सामना गर्नु पर्छ नेपालमा l वर्ल्ड बैंकको डुइंग द बिजनेस २०१४ ले प्रकासन गरेको रिपोर्ट अनुसार नेपाल १८९ देश मद्धे १०५ औ स्थानमा पर्दछ l नेपाल २०१३ मा १०३ स्थानबाट झरेर १०५ औ स्थानमा पुगेको छ l यसबाट पनि गरिखान चाहने नेपाली जनताको गरि खान पाउने अवस्था कस्तो छ भन्ने कुरा झल्किन्छ l एउटा साधारण व्यापार ब्यबसाय दर्ता गर्नु परेमा प्रसासनिक झेमेलाको कारण कयौ दिन लाग्ने अवस्था छ, करको मात्रा त्यतिनै धेरै छ l भारतमा ६७००० भारु मा पाइने मोटरसाइकल जस्तो आवस्यकताको बिसय नेपालमा २,३०,००० तिर्नु पर्ने बाध्यता छ l यसबाट करले नेपाली जनताको ढाड कसरि सेकिरहेको छ भन्ने कुरा देखाउदछ l नेपालमा करको भार धेरै भएको कारण सामानको दाम महँगो हुने हुदा नागरिकहरु दुइ चार रुपैया बचाउने उदास्यले छिमेकि मुलुक भारतबाट घरायसी प्रयोजनको निम्ति दैनिक घरायसी समान भित्र्यायो भने पनि उनीहरुलाई राज्यका निकायहरु द्वारा तस्कर स्वरूप व्यवहार गरिने अवस्था छ l सरकारी कार्यालयमा सानो तिनो काम गराउनु पर्यो भने पनि घुस नखुवाई काम हुदैन l कसैलाई केहि कुरामा चित्त नबुझेपछि बन्द र तोडफोड गर्ने प्रबिर्तीले गर्दा पनि ब्यापार व्यवसाय गरेर खाने व्यक्तिले सास्ती खेप्नु परेको छ l कानूनी सासन नभएको कारणले गर्दा अपहरण, चन्दा, फिरौती आदि जस्ता कुराले गरिखाने नागरिकहरुको मनोबल गिराएको छ l यी सबै उल्लेखित कुराहरुले गर्दा गरि खाने मानिसहरुलाइ निरुत्साहित गरिरहेको छ l तर राज्यलाइ यो सबै कुरा संग त्यति सरोकार भएको देखिदैन l
आजको हाम्रो प्रमुख आवस्यकताका बिसय भनेको राजनैतिक स्थिरता, शान्ति र समृद्धि हो l अन्य कुराहरु भन्दा पहिला यी कुराका निमित्त पहल गर्नु पर्ने आवस्यक देखिन्छ l साचो अर्थमा भन्ने हो भने राज्यको प्रमुख काम भनेको नै नागरिकहरुको जिउ-धनको सुरक्षा गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने, सीमाको रक्षा गर्ने, सम्झौता र करारलाइ लागु गर्नको निम्ति पहल गर्ने साथै नागरिकहरुलाई गरि खाने बातावरणको स्तिथिको सिर्जना गर्नु हो l यी काम बाहेक राज्यले अन्य कामको लागि हस्तक्षेप् नगरी नागरिकहरुलाई स्वतन्त्र छोडी दिने हो भने हितकर हुनेछ l राज्यले यति गर्न सकेको खण्डमा जनतालाइ स्वत स्फुर्त रुपले अगाडी बढ्नको लागि उत्प्रेरणा मिल्नेछ जसले अन्तत देशकै हित हुनेछ l तर राज्यले यी कुरा ध्यान नदिईकन निरन्तर रुपमा नागरिकहरुको स्वतन्त्रतामा प्रहार गर्ने कार्य मात्र गरिरहेको अवस्था छ जसले गर्दा नागरिकहरु कुण्ठित भएर बस्नु पर्ने बाध्य छन् l फेरी भन्छु, राज्यको काम को के खेल्दैछ, को संग को उठबस गरेको छ, कसले के लगाएको छ, कसले कपाल पाल्यो, कसले के खायो, कति बजे सम्म देउसी खेल्न पाइने, देउसेलाइ कति पैसा दिने, कति जना जन्ती ल्याउने, कति बजे सम्म दोकान खोल्न पाइने भनि ताक झाक गर्ने र नियन्त्रण गर्ने होइन l बरु उसले यी क्रियाकलाप गर्दा अरुको स्वतन्त्रता र अधिकार हनन भएको छ कि छैन भनि निगरानी राख्नु हो l यी कार्य गर्दा यदि कसैले अरुको अधिकारको सिमा मिचेको छ भने राज्यले उसलाई कानुनी कारवाहीको दायरामा ल्याई सजायको भागीदार बनाऊनु पर्दछ l अन्यथा कुनै पनि व्यक्तिले अरुको अधिकारको सिमा नामिची आफ्नो अधिकारको उपयोग गर्न पाउनु पार्दछ, यो उसको व्यक्तिगत अधिकार हो l नागरिकहरुको व्यक्तिगत स्वतन्त्रता नियन्त्रण गर्नुको साटो त्यसलाई रक्षा र सम्मान गरि सुरक्षित साथ बाच्न र गरि खान पाउने अवसर सिर्जना गरि दिने हो भने सबैको लागि हितकर हुने देखिन्छ l