एमालेले युवा महोत्सव गर्ने

<span class='c1'>एमालेले युवा</span> <span class='c2'>महोत्सव गर्ने</span>

काठमाडौं । नेकपा एमालेले युवा महोत्सवको आयोजना गर्ने भएको छ । एमालेले ‘युवा महोत्सव–२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा गर्न लागिएको युवा महोत्सव अभियान काठमाडौंमा माघ २० गतेबाट शुभारम्भ गरिने काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।

उनले भने,‘अब युवा पुस्ताकै समीपमा रहेर समस्याको पहिचान गर्ने र समाधानका उपायको खोजी गर्ने अनि ‘समाज परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन अभियान अगाडि बढाएका हौं । देशव्यापी आयोजना गरिने अभियान हामीले काठमाडौंमा थालनी स्वरूप ‘युवा महोत्सव–२०८०’ एवम सम्मानको आयोजना गर्दैछौं ।’

उनले कार्यक्रम युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने उद्देश्यको सुरुवाती खुड्किला मात्रै रहेको बताए । कार्यक्रम पश्चात् सुझाव सल्लाहको आधारमा अर्को चरणका महोत्सव समारोहहरूको आयोजना गरिने समेत उनले बताए ।
उनले भने,‘विभिन्न क्रियाकलापहरुको बीचमा आयोजना हुन गइरहेको महोत्सव युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने उद्देश्यको सुरुवाती खुड्किला मात्रै हो । कार्यक्रम पश्चात् प्राप्त सबै प्रकारका सुझाव सल्लाहको आधारमा अर्को चरणमा प्रवेश गर्छौं ।’

काठमाडौंको टुँडिखेलमा हुने महोत्सव पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्