नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रियाहरु लामो हुने समस्या छ : मन्त्री पन्त

<span class='c1'>नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रियाहरु लामो</span> <span class='c2'>हुने समस्या छ : मन्त्री पन्त</span>

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामको प्रक्रियाहरु लामो हुने समस्या रहेको बताएका छन् ।

आज(शुक्रबार) काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रुपान्तरण गर्न सकिने बताएका हुन् ।

उनले भने,‘शिक्षा एउटा आपरिहार्य र महत्वपूर्ण विषय हो । मैले के अनुभव गरेको छु भने अहिले पनि हाम्रो राज्यको तर्फबाट उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधाहरु पनि उपलब्ध गराउन सकेको अवस्था छैन् । केही हाम्रो आर्थिक अवस्था त्यस्तै छ त्यहीमाथि काम गर्ने प्रक्रिया असाध्यै लामो छ । जुन परम्परागत प्रक्रिया छ त्यसलाई पनि तोड्न सकेको छैनौं । नयाँ प्रविधिमा जाँदा रुपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहाना छ । तर अझैपनि भएको छैन ।’
त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए । कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकीचाउन नहुने पनि उनको भनाई छ । उनले भने,‘हाम्रो आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जित गर्छौं । आजको छलफलले यसका कतिपय प्रावधानमा संशोधनको माग गर्छ भने हामी संशोधन र परिमार्जन गर्न हिचकीचाउन पर्ने केही छैन् ।’
मन्त्री पन्तले बनेका राम्रा नीतिहरु थन्किएर बसेको भन्दै व्यवहारमा लागू हुन नसकेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्