देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल

<span class='c1'>देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त</span> <span class='c2'>भएको छ : महामन्त्री पौडेल</span>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले उर्जा प्राप्त भएको बताएका हुन् ।

‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रुपान्तरण गर्नुभयो । अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको विषयले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन् । महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृती सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् । काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए । ‘आदरणीय मतदाताज्यूहरुले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ, उनले भने ‘म अत्यन्त उत्साही छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्