“मेरा दर्शकले मलाई हट रुपमा नै हेर्न रुचाउनुहुन्छ” – अंशु थापा (मोडल)

<span class='c1'>“मेरा दर्शकले मलाई हट रुपमा नै</span> <span class='c2'>हेर्न रुचाउनुहुन्छ” – अंशु थापा (मोडल)</span>

बिराटनगर मै जन्मिएर हुर्किएकी हुन् मोडल अंशु थापा । सानै उमेरबाट नाच्न    मन पराउने उनि अहिले कलाकारको रुपमा करियर अगाडी बढाउने प्रयत्न गरिरहेकी छिन । बिराटनगरको एउटा एफएमबाट समाचार वाचिकाको रुपमा मिडिया क्षेत्रमा प्रवेश गरेकी उनि मोडलिङ,कार्यक्रम संचालिका हुदै आहिले कलाकारिता क्षेत्रमा प्रवेश गरेकी छिन्। सुरुमा यस क्षेत्रमा रुची नभएपनि अहिले निक्कै रमाइलो लाग्ने गरेको उनको अनुभब रहेको छ ।

अहिले सम्म उनले ४ वटा म्युजिक भिडियो , केहि कमर्सियल तथा ३ वटा नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन । उनको "बिरंगना" नामको चलचित्र रिलिज हुने क्रममा रहेको छ भने अन्य चलचित्रको शुटिङ भर्खर सकिएको छ । त्यसैगरी उनले बिभिन्न थिममा फोटोसुट पनि गराउदै आएकी छिन  । उनले खिचाउने तस्बिर प्राय हट हुने गरेको छ । आँशुले हट फोटो मात्रै खिचाउछिन भन्ने सुनिन्छ नी भन्ने हाम्रो प्रश्नमा उनि भन्छिन " अहिलेको जमाना अनुसार फोटो खिचाएको हु , सायद मेरा दर्शकले पनि मलाई हट रुपमा नै हेर्न रुचाउनुहुन्छ होला" । अंशुलाई उनको परिवारबाट पनि पूर्ण साथ र समर्थन रहेको उनि बताउछिन ।

[caption id="attachment_50234" align="alignnone" width="960"] Photo : Niraj Bajracharya (IMG Stock)[/caption]

उनले बलिउडका नायक नाफे खानसंग पनि उनले पूर्वका बिभिन्न ठाउमा गएर चलचित्रको सुटिङ गरिसकेकी छिन । यस्तै उनले अनुप बिक्रम शाही , सिल्पा पोखरेल लगायतका अहिलेका चल्तीका कलाकारसंग पनि स्क्रिन सेयर गरिसकेकी छिन ।

उनि मोडलिङ संग संगै सामाजिक र राजनीतिक क्षेत्रमा पनि अगाडी बढी रहेकी छिन ।" मलाई सामाजिक काम गर्न प्रेरणा आउछ , म यो काममा सधै लागि रहनेछु " अंशु भन्छिन । भबिस्यको योजना बारे उनि भन्छिन " मेरो भर्खर करियर सुरु भएको छ , अझै धेरै सिक्दै जानु छ यस क्षेत्रलाई निरन्तरता दिनेछु "। उनि आफुलाई मोडल भन्दा पनि नायिका भन्न बढी रुचाउछिन ।

प्रस्तुति : बिबेक दाहाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्