ओबी

सभापति कप : चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा

काठमाडौं । संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौंको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । संकटाका लागि. . .


इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

तेल अवीव,इजरायल । इजरायलको मातेह येहुदा क्षेत्रीय परिषद्को किबुट्ज जोरामा टर्कीको बथानमा एच५एन१ बर्ड फ्लू सङ्क्रमण पत्ता लागेको छ । चारवटा कुखुरा तथा करिब १९ हजार ३०० टर्कीको असाधारण मृत्यु भएपछि कृषि तथा खाद्य सुरक्षा मन्त्रालयको प्रयोगशालामा नमूना पठाइएको थियो, जसले शङ्काको पुष्टि गरेको थियो । . . .


हिसान खेल : पुरुष क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् । आज भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम स्कुललाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरे�. . .


कोशी प्रदेश सहकारी संघद्वारा राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल

विराटनगर । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा कोशी प्रदेश सहकारी संघ लि.को आयोजना र जिल्ला सहकारी संघ लि. मोरङ को संयोजनमा २०८१ माघ १० गते विशेष छलफल आयोजना गरिएको छ । संघका अध्यक्ष डा. डिल्ली पोखरेल को अध्�. . .


विराटनगरको अधिकांश रात्रीकालीन व्यवसाय मापदण्ड विपरीत सञ्चालन

विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, �. . .


विराटनगर महानगरको समन्वयमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विर. . .


ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धराैटीमा छाड्ने आदेश

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदे�. . .


अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार . . .


विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल ४२ औं वर्षमा

विराटनगर । विराटनगरमा रहेको रामलाल गोल्छा आँखा अस्पतालले आफ्नो ४२ औं वार्षिकोत्सव सफलतापूर्वक मनाएको छ। उक्त अवसरमा बुधबार अस्पतालमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। अस्पतालले ४ दशकमा स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उक्त अवधिमा करिब २० लाख बिरामीको उपचार गरेको र ए�. . .


मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

जनकपुर । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान. . .


मधेश प्रदेशमा भाषा सम्बन्धी विधेयकप्रति प्रदेशसभा सदस्यहरुको बिरोध

जनकपुर । मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक सदनमा पेश गरेका थिइन् । सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको र�. . .


नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव १० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएको छ । आज तीन सय १८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर ८४ हजार सात पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ को कारोबार भएको हो । आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा. . .