अन्तराष्ट्रिय खबर

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

एजेन्सी । पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभा. . .


अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने

एजेन्सी । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा जेरोम पावेल दोहोरिने पक्का भएको छ । राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि पनि पावेललाई नै निरन्तरता दिने निर्णय गर्नुभएको हो । पावेललाई यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गर्नुभएको थियो । कोरोना महामारीले अर्थतन्त्र. . .


सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा १ जनाको मृत्यु

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ ।महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको . . .


बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार जना यसबाट संक्रमित

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् ।सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । . . .


भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्ने

एजेन्सी । भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (आइएफएफआइ) गोवामा चलिरहेको छ। यो फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्नेछ । यस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ९५ देशका करिब ६२४ फिल्मले प्रवेश पाएका छन् । आज (सोमबार) उत्सवको तेस्रो दिन हो । यस उपलक्ष्यमा आइतबार साँझ एक अन्तरक्रिया कार्यक्रमको आय. . .


भारतमा एक दिनमा १० हजार ४८८ नयाँ सङ्क्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ । यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतब�. . .


म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग

एजेन्सी । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक क�. . .


बंगलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु भएन

एजेन्सी । बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहा. . .


युरोपमा फेरि बढ्यो कोरोना सङ्क्रमण

काठमाण्डाै । युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता दिन थालिएको छ भने रोकथामका लागि प्रतिबन्धात्मक उपाय अपनाउन लागिएको बीबीसीले ज�. . .


भारतमा एक दिनमा १० हजार नयाँ सङ्क्रमित

एजेन्सी । भारतका कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ न�. . .


भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

एजेन्सी । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान जानकारी दिएका छन् । निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढ. . .


नोभेम्बर २० सम्मको विश्व र केही देशका कोरोना सङ्क्रमितको सङ्ख्या

एजेन्सी । जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर २० सम्मका विश्वलगायत केही देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ । देश सङ्क्रमितको सङ्ख्या विश्व २५६,७८९,३४६ अमेरिका ४७,६६०,३७९ भारत ३४,४९९,९२५ ब्राजिल २२,००३,३१७ बेलायत ९,८१७,६७५ रूस ९,१३५,१४९ टर्की ८,५२९,००० फ्रान्स ७,४७. . .