अन्तराष्ट्रिय

युगान्डामा भोकमरी समस्या, सहयोगका लागि राष्ट्रसङ्घीय एजेन्सीहरुले आह्वान

युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ । युगान्डामा रहेका राष्ट्रसङ्घीय एजेन्सीहरुले बुधबार . . .


पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाव प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हा�. . .


यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा यहाँको ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको हो । . . .


भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी, कुल मृतकक�. . .


अर्जेन्टिनामा कोरोनाबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु

अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सोही अवधिमा अरु ८४ जनाको कोरोना भाइरसकै का�. . .


भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ । त्यस बसमा मध्यप्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार थिए । भारतको एक समाचार समिति, एसियन न्युज एजे. . .


पाकिस्तानमा एलपी ग्याँसको मूल्य ४५ प्रतिशतले वृद्धि

पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् । पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्याँसको मूल्य वृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।. . .


प्रिमियर गुणस्तरको लत्ताकपडाका लागि जोगबनीको ‘दरबार क्लोथ’

विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीस्थित नेताजी सुपर मार्केटमा दरबार क्लोथ सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको दरबार क्लोेथमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहर. . .


अमेरिकाको आयोवामा गोली चल्दा तीनजनाको मृत्यु

अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ । स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए । शेरिफको कार्यालयले बताएअनुसार ‘त्यहाँ तीन जनाको मृत्यु भ. . .


ब्राजिलमा हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएन, ९ हजार ३०० जना वर्षाबाट विस्थापित

ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् । बाढीका कारण क. . .


सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ । सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्म�. . .


सुडानमा संकटकाल अन्त्यको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गनुभएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले सुडानका सैनिक प्रमुखले गरेको सकंकटकाल अन्त्यको घटनाको स्वागत गर्नुभएको हो । सुड. . .