अन्तराष्ट्रिय

भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित

बुधबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिश. . .


अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो । खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिर. . .


पाकिस्तानमा बस दुर्घटना, पाँचको मृत्यु, १० घाइते

पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रु बहाक बस गहिरो नदीमा खसेको थियो । घुम्तीमा तीव्र गतिमा चलाएकाले बस. . .


विकासका विषयमा ध्यान केन्द्रित गर्न ब्रिक्सको चौधौँ शिखर सम्मेलन उपयोगी हुने

यसै साता चीनका राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने ब्राजिल, रूस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य रहेको ब्रिक्सको १४औँ शिखर सम्मेलन विकासका विषयमा विश्वको ध्यान पुनःकेन्द्रित गर्न उपयोगी हुने पर्यवेक्षकले बताएका छन् । श्रव्यदृश्यका माध्यमबाट आयोजना हुने उक्त सम्मेलनको मुख्य विषय ‘उच्च गुणस्तरको �. . .


भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रति. . .


अफगानिस्तानमा भूकम्प कम्तीमा २८० जनाको मृत्यु

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । 0सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्�. . .


मध्य मालीमा १३२ सर्वसाधारण मारिए

मध्य मालीको तीनवटा गाउँमा जम्मा १३२ जना सर्वसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा यी सवै मारिएका हुन् । विज्ञप्तिमा �. . .


भारतमा थप ९ हजार ९२३ जना कोरोना सङ्क्रमित

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एक दिनमा �. . .


भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बा�. . .


वर्षाले चीनको जियाङ्सीमा ४ लाख ८५ हजार मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्। शनिबार दिउँसो ३:०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सी�. . .


रूसी तेलको निर्यात चीनतर्फ बढ्यो

चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा बृध्दि गरेको छ । यूक्रेनको आक्रमणमा रुसी ऊर्जा खरिदमा पछाडि पर्ने पश्चिमी राष्ट्रहरुको नोक्सानीलाई कम गर्न सहयोग गरेको चिनियाँ भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कले सोमबार देखाएको छ । पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँ�. . .


अफगानिस्तानमा वम विस्फोट हुँदा दुईको मृत्यु, २८ घाइते

अफगानिस्तानमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन् । घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भी. . .