अन्तराष्ट्रिय

जापान भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

टोकियो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ । मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोज. . .


अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने

काठमाडौं २५ भदौ। अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने भएका छन् । आगामी एक वर्षभित्र उनले पदबाट राजीनामा दिने कम्पनीले पुष्टि गरेको छ । उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् । च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्ने ब. . .


अस्ट्रेलियामा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटियो

सिड्नी (रासस/एएफपी) । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको उल्लेख छ । अनुसन्धाताहरुले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन् । मृतकको उमेर र लिङ्ग पहिचान प�. . .


फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्ने

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ । नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ । यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार. . .


भारतमा विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर

एजेन्सी, २२ भदौ । भारतको सर्वाेच्च अदालतले बषौंदेखि विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर गरेको छ । अपराधको श्रेणीमा राखेको समलैंगिकतालाई भारतको सर्वाेच्च अदालतले अपराधीको श्रेणीबाट हटाई बैध ठहर गरेको हो । अदालतले आज फैसला सुनाउँदै समलिङ्गीलाई पनि आम नागरिकसरह बाँच्न पाउने अधिकार रहेको भन्दै बै�. . .


अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु

काठमाडौं भदौ २१ । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ । अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बा�. . .


जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी , ७ जनाको मृत्यु २ सय घाइते

काठमाडौं २० भदौ । जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथ�. . .


अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलामी हुने

काठमाडौं, १९ भदाै । नोबेल पुरस्कार विजेता जर्मन भौतिकवैज्ञानिक अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलाम बिक्री हुनसक्ने देखिएको छ । यो पत्रमा उनले एक सहयोगीलाई सँगै बसेर चिया पिउन निमन्त्रण गरेका छन् । पत्रमा आइन्स्टाइनको हस्ताक्षर छ । अमेरिकाको आरआर अक्सनका अनुसार, यस पत्रमा आइन्स्�. . .


बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन मन्त्रीले राजीनामा दिए

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । “हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आ. . .


युट्युबलाई टक्कर दिनेछ फेसबुकको यो नयाँ टुल !

बीबीसी फेसबुक संसारभरी आफ्नो वाच भिडियो स्ट्रिमिङ सर्भिस लञ्च गर्ने तयारीमा छ । अमेरिकामा भने यो सर्भिस एक वर्षदेखि चलिरहेको छ । यो सर्भिसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जसमध्ये उनीहरुले आफूलाई मनपरेको कार्यक्रम छान्न सक्नेछन् । यसमा ठूला ब्रान्डदेखि नयाँ खेलाडी, दुबैको कार्यक्रम हेर्न �. . .


अमेरिकामा प्रहरीको गोलीबाट एक नेपाली युवाको मृत्यु

कोलोराडो ।  प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा एक नेपाली युवाको मृत्यु भएको छ । स्थानिय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी २५ वर्षका बीरेन्द्र ठकुरी र. . .


श्रीलङ्कामा डेङ्गुबाट ४१ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो । र�. . .