विशेष

स्कटल्यान्डले नेपाललाई दियो दुई सय १३ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रन बनायो। स्कटल्यान्डका लागि ५० ब. . .


काठमाण्डौं–विराटनगर उड्न लागेको सौर्यको इण्डिकेटरमा समस्या, पार्किङ्गमा फर्काइयो जहाज

विराटनगर । काठमाण्डौंबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ । त्रिभुवन विमानस्थलबाट एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको बेला फिर्ता पठाइएको हो । इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछ. . .


प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क स्थापना

खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश नं १ सरकारको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको स्मृति पार्क तथा पूर्णकदको शालिक स�. . .


आज ग्याल्पो ल्होसार मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बर�. . .


बुढीगंगामा महिलाको हत्या : श्रीमानसहित चार जना पक्राउ

विराटनगर । विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान् २९ वर्षीय रमेश साहसहित चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका ५ बस्ने वर्ष ३५ को उमेश सरदार, कटहरी गाउँपालिका ५ बस्ने बर्ष ६२ को रमानन्द राम, विराटनगर महानगरपालिका ७ बस्ने वर्ष ५३ श. . .


लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

काठमाडौँ । लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीवि�. . .


विराटनगरमा चिया र मःमः पारखीका लागि ट्रेन्ज लाउन्ज एण्ड रुफटप क्याफे

विराटनगर । विराटनगर–७ कोसी अस्पताल अगाडी ट्रेन्ज लाउन्ज एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा आएको छ । काठमाण्डौंको टपरी मःम को स्वादलाई विराटनगरका पारखीसम्म पस्कन रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टले युवा वर्गलाई लक्षित परिकारसँगै चियाको स्वाद दिने भएको छ । रेष्टुरेन्टमा दुईजना सञ्�. . .


विराटनगरमा डिजे नियन्त्रण गर्न पार्टी प्यालेस सञ्चालकको माग

विराटनगर । विराटनगरमा पार्टी प्यालेस सञ्चालन गर्दै आएका व्यवसायीले डिजे नियन्त्रण गरिदिन प्रहरीसँग आग्रह गरेका छन् । सार्वजानिक स्थानको रुपमा चिनिने पार्टी प्यालेसमा विभिन्न कार्यक्रमका लागि हुने भीडले शान्ति सुरक्षामा पार्नसक्ने प्रभाव र नियन्त्रणका उपाय बारे जिल्ला प्रहरी कार्यालय मोरङमा भए�. . .


बुढीगंगामा महिलाको हत्या : लास व्यवस्थापनलाई गाडी खोज्दा खुल्यो पोल(भिडीयोसहित)

विराटनगर । आइतबार राती ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरुले पनि कोसी अस्पताल भित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने । तर, लास अस्पताल भन्दा बाहिर बुढीग�. . .


दिउँसै अर्काको घर प्रयोग गरेर बुढीगंगामा महिलाको हत्या, दुईजना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा एक महिलाको रहस्यमय ढंगबाट हत्या भएको छ । भर्खरै प्रहरीले नर्सिङ चौधरीको घरबाट महिलाको लास बरामद गरेको हो । स्थानीयवासी तथा जनप्रतिनिधि मिना विश्वासले घटनाको बारेमा जानकारी दिए अनुसार आइतबार उक्त घरमा दुईजना युवाहरु आएका थिए । केहि समयपछि चौधरीसँग च�. . .


बुढीगंगामा महिलाको लास, निकाल्दै प्रहरी

विराटनगर । नोबेल अस्पताल विराटनगर पछाडी एक महिलाको लास फेला परेको छ । भर्खरै फेला परेको लास प्रहरीले उत्खनन् गरिरहेको छ । बोरामा प्याक गरेको लास  पुरिएको अवस्थामा फेला परेको हो । लास भेटिएको घटनास्थल बुढीगंगा गाउँपालिका पर्दछ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनाको अनुसन्धान सुरु भईरहेको छ �. . .


मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेख. . .