विशेष

प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण

प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिनुभय�. . .


प्रदेश १ मा दुई लाखको परीक्षण, २८ हजार ८१२ जनामा कोरोना पोजेटिभ

विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिनुभयो । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१�. . .


८ महिनादेखी बन्द रहेका ‘चलचित्र हल’ खोल्न हल संचालकको सरकारलाई दवाब

प्रेम देवान विराटनगर । बिगत ८ महिनादेखी बन्द रहेका चलचित्र हल यथासिघ्र चलाउन दिनुपर्ने नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखाले सरकारसँग माग राखेको छ ।   [caption id="attachment_131375" align="alignnone" width="640"] नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखा ईटहरीमा संघको शनिबार बसेको बैठकपछि सामुहिक तस्वीर खिच्दै सघका पदाधिकारीहरु ।[/caption] नेप�. . .


आगो लगाएर फरार रहेका मण्डल दुई वर्षपछि पक्राउ

विराटनगर । दुई वर्ष अगाडी २०७५ माघ १ गते राती रंगेली नगरपालिका ४ आमतोला निवासी माईनो सतारको खेतमा रहेको धानको कुन्युमा आगो लगाएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आगो लगाएपछि फरार रहँदै आएका रंगेली ४ आमतोलाका २५ वर्षीय अनिल मण्डललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सुनवर्षी नगरपालिका ६ �. . .


“नेपालमा कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलियो” – अध्ययन

कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वा�. . .


विराटनगरमा भारतिय नोट सहित एकजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने एकजनालाई भारतीय रुपैँयासहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ५६ वर्षीय महेश चन्द्रलाई चेकजाँच गर्ने क्रममा १ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ गरिएको ह. . .


नेकपा विवाद : स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल हुने भनिए पनि निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य �. . .


देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका �. . .


कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

सोमनाथ लामिछाने २७ मंसिर (रासस)ः कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । व�. . .


विराटनगर–पोखरा पर्यटकीय बस र दैनिक हवाई सेवाको माग

कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका स�. . .


विराटनगर रानीको सीमा क्षेत्रमा तस्करीको बाटो खोल्न एकधुर जग्गामा विवाद, दुवै पक्षको आ–आफ्नो आरोप र दावी

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र नजिक रानीमा एक धुर तीन कनुवा जग्गाको विषयमा स्थानीयबीच विवाद देखिएको छ । सार्वजानिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै विराटनगर १५ र १६ का स्थानीयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गुनासो गरेका छन् ।  स्थानीय गोपाल प्रसाद साहका अनुसार ३२ वर्ष अगाडी २०४५, ना�. . .


अभियुक्तले नै पोल खोलेपछि जर्बरजस्ती करणी कसूरमा मिलापत्र गराउने ६ जना मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी कसूरको घटना मिलापत्र गराउने ६ जनासहित घटनामा संलग्न अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपित बेलबारी–८ का सु�. . .