विराटनगर । राष्ट्रिय पौडी प्रतियोगिताको तयारीका लागि विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले इन्ट्रा स्कुल पौडी प्रतियोगिताको आयोजना गरेको छ । शनिबार सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न स्पर्धाका विद्यार्थीलाई आगामी राष�. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ भदौ १२ गते बसेको बैठकको निर्णय नं। अनुसार विश्वविद्यालयअन्तर्गत. . .
शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले भदौ १३ गतेबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो । भदौ १२ गतेका �. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट कलेजले विद्यार्थीमा वैज्ञानिक सोच, प्रयोग, सिर्जनशीलता तथा खोज–अनुसन्धानको भावना विकास गर्ने उद्देश्यले बिहीबार ‘साइन्स सेमिनार’ आयोजना गरेको छ। विज्ञान विषयलाई कक्षाकोठाको पाठ्यक्रममा मात्र सीमित नराखी व्यवहारिक ज्ञान र प्रयोगसँग जोड्ने उद्देश्यले आयोजना �. . .
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण संकायका परीक्षाहरू स्थगित गरेको छ । बुधबार (भाद्र १० गते) भोटेकोशी नदीमा आएको बाढीका कारण देशभर उत्पन्न विषम र असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले आजका पूर्वनिर्धारित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो । वि. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले स्नातक तह (बि.एड.) मा विशेष आवश्यकता शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । दक्षिण कोरियन सरकारको लुपिक परियोजनाको सहयोगमा सञ्चालित विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरुलाई क्याम्पसले प्रत्येक . . .
विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरका प्राथमिक तहका विद्यार्थीहरूले जिल्लास्तरीय अन्तरविद्यालय हिज्जे प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३२ विद्यालयमध्ये द्रोसो (First Runner-Up) बन्न सफल भएका छन्। प्याब्सन जिल्ला कार्यसमितिद्वारा २३ अगस्ट २०२६ मा आयोजित उक्त जिल्लास्तरीय प्रतियोगिताम�. . .
विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कुलले प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेको छ । आइतबार विराटनगरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयका विद्यार्थीलाई पछि पार्दै एभरेष्टले उपाधि रक्षा गरेको हो । उपाधिसँगै एभरेष. . .
विराटनगर । विराटनगर–९ स्थित विराट क्याम्पसले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कक्षा १२ तथा स्नातक तहको चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई विदाई र नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ। क्याम्पसले कक्षा ११ अन्तर्गत व्यवस्थापन, कम्प्�. . .
सोनु साह विराटनगर । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को ‘न्यायमा पहुँच’ परियोजनाको सहयोग तथा पूर्वाञ्चल विश्वविद्यालय, कानुन संकायको आयोजनामा विराटनगरस्थित होटल स्वागतममा सञ्चालित ‘क्लिनिकल कम्युनिटी कानुनी शिक्षा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्च. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका कराँते खेलाडीहरुलाई आज बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । वि. . .
विराटनगर, प्याब्सन विराटनगर महानगर समितिद्वारा आयोजित अन्तरविद्यालयस्तरीय हिज्जे प्रतियोगितामा दिल्ली पब्लिक स्कुल, विराटनगरले प्रथम स्थान हासिल गरेको छ। विराटनगरका ३७ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा दिल्ली पब्लिक स्कुलका प्राथमिक तहका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर. . .