कोशी

फागुन २१ मतदानका लागि मौन अवधि सुरु,उल्लंघन गरिएमा उम्मेदवारी रद्द हुने

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि मौन अवधि सोमवार रातिबाट बाट सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्�. . .


मोरङ–६ मा तीन जनाको उम्मेदवारी निष्क्रिय, शेखर कोइरालालाई सघाउने

काठमाडौँ । मोरङ–६ का तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार डा‍। शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् । उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेक�. . .


सोमबार राती १२ बजेपछि नेपाल–भारत सीमा सिल

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मोरङसहित देशभरका सीमा नाका सोमबार राति १२ बजेदेखि सिल गरिने भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल–भारत खुला सीमाबाट हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न यो निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय म�. . .


होलीले राष्ट्रिय एकता सुदृढ बनाउछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । होली पर्वको अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक अवस्थाबाट मुलुकलाई सही निकास दिन राष्ट्रिय शक्तिलाई एकीकृत गर्न आवश्यक रहेको बताएका हुन् । रङहरूको पर्व �. . .


मोरङमा ८ हजार सुरक्षाकर्मी परिचालन, ४७ मतदान स्थल अति संवेदनशील सूचीमा

विराटनगर । अगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मोरङमा सुरक्षा परिचालन तीव्र पारिएको छ। स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा निकायका पदाधिकारीहरू दिनरात खटिएको प्रशासनले जनाएको छ। मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी स. . .


बहुजन पार्टी अध्यक्ष, नेकपा प्रदेश सदस्यसहित डेढसय कांग्रेसमा, डा.कोइरालालाई सघाउने

मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन् । कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर�. . .


मोरङ–६ मा नयाँ मोड : उज्यालो पार्टीका उम्मेदवार बसन्तको एमालेका बिनोद ढकाललाई समर्थन

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो पार्टीका उम्मेदवार बसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार बिनोद ढकाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारिता निष्क्रिय गर्ने निर्णय गरेका छन्। उक्त समर्थन आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। बुढाथोकीको समर्थनले मोरङ–६ मा चुनावी दाबे. . .


मोरङ–६ मा एमालेको मोटरसाइकल र्याली र सभा फागुन १८ गते विराटनगरमा

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार बिनोद ढकालको नेतृत्वमा मोटरसाइकल र्याली तथा सभा फागुन १८ गते विराटनगरमा आयोजना हुने भएको छ। यो कार्यक्रम उम्मेदवार ढकालले आफ्ना मतदाता र स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरेका हुन्। कार्यक्रममा विशेष अतिथिको र. . .


एमाले अध्यक्ष ओलीलाई अभिनन्दन

दमक । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ । अभिनन्दनका क्रममा स्थानीय य�. . .


महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति

झापा । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन् । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् । घिमिरेले आज जारी �. . .


इस्टर्न कलेज खेलकुद सप्ताह २०८२: भव्य समापन

विराटनगर । विराटनगरस्थित इस्टर्न कलेजमा "खेलौ र स्वस्थ रहौ" भन्ने मूल नाराका साथ सञ्चालित साताव्यापी (स्पोर्ट्स मिट- २०८२) शुक्रबार एक भव्य समारोहका साथ समापन भएको छ। फागुन ८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण, विराटनगरका निर्देशक श्री सुव�. . .


झापामा रातोपाटी पत्रकार आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताको आक्रमण

झापा । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टेयर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् । २५६१ नम्बरको स्कर्प. . .