खेलकुद

सुरक्षाको कारण इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ । इजरायलको राष्ट्रिय फुटबल टोलीले अक्टोबर १२ मा घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत स्विट्जरल्यान्डविरुद्ध खेल्ने तालिका थियो भने यु–२१ टोलीले युरोपियन यु– २१ च्. . .


एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले बिदाइ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य �. . .


विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ । न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्ता�. . .


विश्वकप क्रिकेट : नेदरल्यान्ड्ससामु ३२३ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत अहिले नेदरल्यान्ड्स र न्युजिल्यान्डबीच खेल भइरहेको छ । न्युजिल्यान्डले नेदरल्यान्ड्ससामु जितका लागि तीन सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो । न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा . . .


एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतको विजयी सुरुवात

एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलिले सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो। जवा. . .


एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो । महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तान. . .


एसियाली खेलकुद : कराते खेलाडी गुरुङ फाइनलमा

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ । कराते खेलाडी गुरुङले केहीबेर अघि सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गर�. . .


एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालद्वारा मंगोलिया पराजित

एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ।मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ। आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३-२ को सेटमा जित निकालेको हो। पहिलो सेट मंगोलियाले २५-१७ ले जितेको थियो।तर दोस्रो सेटमा नेपाल २५-१८ र तेस्रो स�. . .


विश्वकप क्रिकेट: पाकिस्तानको नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित

आईसीसी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित निकालेको छ । शुक्रबार भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले ४१ ओभरमा सबै व�. . .


फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स : नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

काठमाडौँ । फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उक्त जानकारी दिएको हो । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् । मुख्य प्�. . .


एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–�. . .


एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरम�. . .