खेलकुद

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति ओल्ड ट्राफोर्डमा सुरु भएको लिगको नयाँ सिजनमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो। युनाइटेडका लागि जोशुआ जिर्कजीले एक गोल गरेका थिए । उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्या. . .


आईसीसी लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ । टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १९ रनले पराजित भएको हो । २३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो । सुरुम�. . .


खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार नदिएको विषयप्रति खेलकुद मन्त्रीलाई ध्यानाकर्षण

मकवानपुर । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलिले मन्त्री महर्जन समक्ष ज्ञापनपत्र बुझाएको हो । तत्कालिन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले ९ औं राष्ट्र. . .


साफ यु–२० च्याम्पियनसिपका लागि विदेशी टोली आउन थाले

काठमाडौं । अखिल नेपाल फुटबल संघले अगष्ट १८ देखि २८ सम्म साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी गराएका छन् । प्रतियोगिताका लागि नेपाली राष्ट. . .


बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति

ढाका । बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ । बङ्गलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको विधायकका रूपमा पदभार ग्रहण . . .


रोनाल्डोको गोलमा अल नासर फाइनलमा

काठमाडौं । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो। प्रो–लिग प्रतिद्धन्द्धी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । . . .


एमबाप्पेको डेब्यु र गोलमा रियल म्याड्रिड सुपर कप च्याम्पियन

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला–लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको हो । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैट�. . .


सकियो पेरिस ओलम्पिक, अमेरिकाले जित्यो ४० स्वर्ण

काठमाडौं । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् । तर अमेरिका पदक तालिकाको शिर्ष स्थानमा रह्यो । कुल १ सय २६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा �. . .


ग्लोबल टी–२० लिगमा रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो उपाधि

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–२० लिगको उपाधि टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । ९७ रनको लक्ष्य टोरोन्टोले मा. . .


ओलम्पिकको स्वर्ण पदकमा चीन शीर्ष स्थानमा

काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ । अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ । शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३–३३ स्वर्ण जितेका थिए । स्वर्णको एक पदकले प�. . .


अफगानिस्तानकी खेलाडी तलास पेरिस ओलम्पिकबाट अयोग्य घोषित

पेरिस । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिकबाट अयोग्य घोषित गरिएको विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार जनाएको छ । २१ वर्षीया बी–गर्ल तलास नेदरल्यान्ड्सको इन्डिया सार्डजो विरुद्ध�. . .


पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

पेरिस । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले . . .