सुनसरी। सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित खेतबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले सोमबार राति ११ : ३० बजेतिर धानबारीमा लुकाइराखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसप�. . .
विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकका परिपारलाई तत्काल एक लाख राहत दिने भएको छ । प्रदेश सरकारले प्रभावित जिल्लाबाट विवरण माग गरेर तत्कालै यो राहत उपलब्ध गराउने भएको हो । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल. . .
विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ । घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप. . .
विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै �. . .
काठमाडौं । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको हो भने शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो । फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सो. . .
विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१६ स्थित सुगरमिल नजिक रहेको कलभर्ट छेउको खाल्डोमा आज दिउँसो एक महिलाको डुबेर मृत्यु भएको छ । असोज १९ गते आईतवार दिउँसो करिब ४: १० बजे भारतीय नागरिक हाल विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी करिब ३५ वर्षीया अनिता राउतलाई पानीको भेलले बगाएको र उनी डुबिरहेक�. . .
विराटनगर । अबिरल वर्षापछि मोरङका विभिन्न स्थानमा खोलाको पानी बस्तीमा पसेको छ । केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढेसँगै जिल्लाभरका बस्तीहरू जोखिममा परेका छन् । शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले बिराटनगर महानगर, उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका . . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, ट�. . .
विराटनगर । इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिक. . .
विराटनगर । लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् ।मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ । प्रमुख अवरुद्ध सडकहरूः पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्�. . .
विराटनगर। पूर्वी नेपालका विभिन्न स्थानमा अविरल वर्षापछि बाढीले ठूलो क्षति पुर्याएको छ। हालसम्म प्राप्त विवरण अनुसार मोरङको अवस्था यस्तो छ । विराटनगरदेखि सुनबर्शी, उर्लावारी र मिक्लाजुङसम्मका क्षेत्रमा बस्ती डुबानमा परेका छन्। विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जनालाई बखरी आधारभूत विद्�. . .