विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियान. . .
विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका लागि बिहीबार विराटनगरमा सरोकारवालाहरुबीचको सम्वाद सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सम्वाद आयोजना गरिएको हो । प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्र�. . .
विराटनगर । विराटनगर–४ तित्रीगाछीमा एक बृद्धाले पेट्रोल छर्केर आत्मादाह प्रयास गरेका छन् । मोरङको लेटाङ नगरपालिका–७ स्थायी ठेगाना उल्लेख भई हेटौडा बस्दै आएका ६५ वर्षीय गोबिन्दप्रसाद नेपालले बिहीबार आत्मादाह प्रयास गरेका हुन् । उनका आफन्त विराटनगरमा समेत बसोबास गर्दै आएका छन् । मोरङका प्रहरी नायव. . .
काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात . . .
विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल भएको बताउनु भएको छ । अर्थ मन्त्रालय राजश्व परामर्श समितिको आयोजनामा बिहीबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री महतले मौद्रिक नीतिमा सुधार ल्याएर अर्थतन्त्रको ट्रयाक फर्काउन�. . .
काठमाडौँ । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्त. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उहाँले भूमिसम्बन्. . .
विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,“तपाईहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखा. . .
विराटनगर । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटक व्यक्तिगत होस् या संस्थागत गतिविधि सार्वजनिक गर्ने राम्रो ‘प्लेट्फम’ बनेको छ । यहाँ सम्प्रेषण भएका केही सामाग्री प्रेणदायी हुन्छन् त केही समाजलाई तरंगित बनाउने खाल्का हुन्छन् । यस्तै केही दिन अगाडी सामाजिक सञ्जालमा विद्यालयमा केही विद्यार्थ. . .
झापा । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन् । सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार न. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, �. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भन्नुभयो, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन ?” सांसद भगवती चौधरीले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्�. . .