सम्पूर्ण समाचार

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२. . .


मौसम पूर्वानुमान : आज र भोलि यी प्रदेशमा वर्षा हुने अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि. . .


टी–२० श्रृंखला : नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ । किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवन. . .


विराटनगरको केशलिया खोलामा अस्थायी तटबन्धन निर्माण गर्न थालियो

विराटनगर । केशलिया खोलाको कटानबाट विराटनगर-१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ । महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रह�. . .


पूर्वतयारी भन्दा ठुलो विपद् आयो, तयारीमा कमजोरी भएकै हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आव्हान गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडाल. . .


विराटनगरको सास्थम कलेजमा दशैँ कार्भिनल

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले ‘दशैँ कार्भिनल २०८१' भव्य रुपमा मनाएको छ । कलेजले सोमबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम आयोजना गरी ‘दशैँ कार्भिनल २०८१ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ पर्वक�. . .


राष्ट्रिय युवा संसदको घोषणा, १६५ क्षेत्रबाटै युवा निर्वाचित गराइने

काठमाडौं । ग्लोवल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद २०२४-२०२६’ अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो । मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारो. . .


एभरेष्ट महिला भलिबल लिग : गण्डकीमाथि कर्णालीको लगातार दोस्रो जित

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विजले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३–२ को जित हात पार्न सफल भएको हो । पहिलो सेट गण्डकीले २५–१५ ले सहज रूपमा जितेको थ. . .


दुई दिनभित्र खोज र उद्धारका काम सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज,उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जनाएका छन् । प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र निय�. . .


‘एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुन्छ ?’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सात सयभन्दा बढी मा. . .


प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ । आयोगकका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर�. . .


दुर्गा प्रसाई एक लाख धरौटीमा रिहा हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्�. . .