सम्पूर्ण समाचार

गर्मी मौसम : बालबालिका र ज्येष्ठ नागरिकले कस्ता खानेकुरामा दिनुपर्छ ध्यान

इन्दु साह विराटनगर । गर्मी मौसम लागेसँगै विभिन्न स्वास्थ्य समस्याले मानिसलाई सताई रहेको हुन्छ । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिको स्वस्थ्यमा गर्मीले असर पदर्छ । गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जसो खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । कोशी अस्पतालमा . . .


फिल्म ‘पुजार सार्की’ ट्रेलरः अन्तरजातीय प्रेम र विद्रोह

काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका नायक आर्यन सिग्देलको नायिका अञ्जना बराइलीसँग र प्रदीप खड्काको नायिका परीक्षा लिम्बुसँगक. . .


दक्षिण कोरियाका कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा

काठमाडौं । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन् । त्यहाँका १३ पूर्व र केही वर्तमान बेसबल खेलाडीहरूलाई निद्रा लाग्ने औषधिको चक्की सेवन गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषधको कोटीमा राखिएको निद्रा लाग्ने औषधि सेवन गरेको सूचना पाएपछि उनीहर�. . .


संसद्मा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसदका सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ । ‘संघीय संसदको गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् म. . .


सभामुख भन्छन् : ‘अधिवेशन बेरोकटोक चलाउने बाटो खुल्यो’

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका सभामुख देवराज घिमिरेले अबको अधिवेशन रोकटोकबिना अगाडि बढाउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको बताएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार भएको छलफलमा उनले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसदलाई अगाडि बढाउन सबैको प्रभावकार. . .


गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव : बर्तौला

काठमाडौं । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सहकारी रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गर्ने विषय असम्भव भएको बताएका छन् । तर, उनले समग्र सहकारीपीडितका समस्या समाधान गर्न तथा उनीहरुले न्याय पाउनुपर्छ भन्ने कुरामा समिति बनाउने कुरा भने स्वीकार्य भएको बताए । ‘ने. . .


त्रिविमा मापदण्ड विपरीत नियुक्ति नहुने उपकुलपतिको दाबी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले अब विश्वविद्यालयको डीन, सहायक डीन तथा क्याम्पस प्रमुख सबै राजनीतिक आधार नभइ प्रतिस्पर्धाबाट मापदण्ड अनुसार नै नियुक्त गर्ने बताएका छन् । त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा मंगलबार प्रा. प्रवलराज पोखरे. . .


संसदीय छानविन समिति बनाउनु पर्नेमा कांग्रेस अडिग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख स. . .


मोरङ व्यापार संघमा तेस्रो पुस्ताको नेतृत्व गर्दै अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ ) को ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी सोमबार निर्वाचित भएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा एके राठी समूह औद्योगिक घरानाका तेस्रो पुस्ताका अनुपम संघको नेतृत्वमा पुगेका हुन् । उनका हजुरबुबा आसकरण राठीले २०३८ सालदेखि २०४० सम्म सं�. . .


घटनाक्रम पर्खदै कोशी सरकार, प्रदेश प्रमुख कुर्दै प्रतिपक्षी

विराटनगर । केन्द्र सरकारको जोडघटाउ संकटमा परेपछि जनता समाजवादी पार्टीको विभाजनले कोशीका प्रदेश प्रमुखको लाइन कता ? भन्ने निर्धारण गरिसकेको छैन । यद्यपी केन्द्रको जोडघटाउको हिसाब गरेर बसिरहेका कोशी सरकार र प्रतिपक्षी एमाले–माओवादी उनै प्रदेश प्रमुखले चाल्ने कदमको प्रतिक्षामा छन् । कोशी प्रदेश सर. . .


काठमाडौं महानगरले झिलिमिली बत्तीको प्रभाव बारे अध्ययन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सजावटका लागि सडकलगायतका विभिन्न स्थानमा राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने भएको छ । मंगलबार महानगर उप–प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले सडकलगायतका स्थानमा सजावटका लागि बालिएका बत्तीको जन�. . .


हिंसा रोक्न विराटनगरमा परिवार संवाद कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्तीमा पहिलो कार्यक्रमको आयोजना गरेको हो । महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलबार परिवार संवाद कार्यक्रमको थालनी गरिएको छ ।. . .