सम्पूर्ण समाचार

स्थानीय चुनावलाई प्रयोग गर्न खोज्दा चन्द समूहमा समस्या

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन् । अन्य दलहरुभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मतमतान्तर रहेको उनले बताए । काठमाडौंमा सोमबार आयोजित शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरुले स्थानीय �. . .


प्रदेश सांसदको मोबाइल नम्बर गलत भएपछि…

हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन प्रदेशसभा सदस्य तथा संसादहरुको फोन नम्बरसहितको डायरी बाँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आक्रोश व्यक्त गरेको छ । डायरीमा राप्रपा पार्टीबाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र प्रजापतिको नम्बर गल्ती पाइएपछि बागमती प्रदेश सरकार. . .


घुसको रकमसहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

काठमाडौं । राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घुससहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही माग दाबी गर्दै मुद्दा दायर गरेको हो । लेखापाल निरौलालाई सेवाग्रहीबाट �. . .


सन्तानको दुर्व्यसन छुटाउन आमा कार्यक्रम : डीआईजी खापुङ

पछिल्लो समय कोशी प्रदेशको विभिन्न जिल्लामा लागुऔषधको प्रयोग बढ्दै गएको छ । खुला सीमानाका कारण पनि भारतबाट सहज रुपले लागुऔषध झापा, मोरङ, सुनसरी हुँदै पहाडी क्षेत्रमा समेत भित्रिने गरेको छ । ब्राउनसुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवा साथै विद्यार्थीहरु समेतको संख�. . .


स्टाफ नर्स र बिएन नर्सिङ एउटै कलेजले पढाउन पाउने निर्णयले कोशीमा यी संस्थालाई राहात

इन्दु साह विराटनगर । पीसीएल नर्सिङ (स्टाफ नर्स) र ब्याचलर नर्सिङ (बिएन नर्सिङ) मध्ये एउटा मात्रै कार्यक्रम सञ्चालन गर्न पाउने प्रावधानलाई हटाएर दुवै पढाउन पाउने निर्णय भएपछि त्यसले विराटनगरका केहि शैषिक संस्थाहरुलाई राहत पुगेको छ । नर्सिङ शिक्षामा चिकित्सा शिक्षा ऐनले लगाएको अंकुशले विद्यार्थी र अभ. . .


पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सम्पन्न

काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के. खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अ. . .


सेयर बजारमा ६.२६ अंकको गिरावट, कारोबार रकम अझ घट्यो

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो । यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो । १३ मध्ये होटल तथा पर्यटक र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्. . .


कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप क्रिकेटको उपाधि भद्रपुरलाई

बेलबारी । बेलबारीमा सम्पन्न भएको प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि भद्रपुर नगरपालिकाले जितेको छ। शनिबार बेलबारी नगरपालिका-४ स्थित बेतना खेल युनाईटेड मैदानमा भएको फाइनल खेलमा विराटनगर महानगरपालिकालाई १० रनले पराजित गर्दै प्रतियोगिताको उपाध. . .


किच्चकबधमा भेटियो दरबारको ऐतिहासिक भग्नावशेष

बनियानी (झापा) । झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । भद्रपुर-३ पृथ्वी�. . .


पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् । पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्त�. . .


आरिफको उत्कृष्ट प्रर्दशनमा आयरल्यान्ड उल्भ्सलाई नेपालले दियो २ सय १४ रनको लक्ष्य

काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरको खेल सकिँदा आरिफ सेखको उत्कृष्ट व्याटिङमा २ सय १४ रनको योगफ�. . .


न्यारोबडी जहाज इन्जिन प्रकरण : भ्रष्टाचार नभएको पुष्टि गर्न अल्टिमेटम

काठमाडौं । संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा पन्ध्र दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी,. . .