काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविध. . .
काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र �. . .
काठमाडौं । बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।. . .
विराटनगर । विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोरबहादुर शाही निर्वाचित भएका छन् । शनिबारको साधारणसभाले यस अगाडीका वरिष्ठ उपाध्यक्ष शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधारणसभाले ११ सदस्यीय समिति समेत चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिव दिनेश बस्नेत, स�. . .
विराटनगर । मोरङको रंगेलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेको समयमा मोरङको रंगेली नगरपालिका-३ आनन्द ईटा भट्टामा को १ त ८५७८ नम्बरको ट्याक्ट्ररले माटो बोक्ने क्रममा सोही भट्टाका मजदुर भारतको कुच बिहार बंगाल बस्ने ५५ वर्षीय बिसन्दु मियालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्य. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आउनुभएका उहाँले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउ�. . .
जलेश्वर (महोत्तरी) । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिका-१ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन�. . .
काठमाडौं । लगातार सहकारी संस्थाहरुका सञ्चालकले बचतकर्ताको निक्षेप अपचलन गरेका घटना बाहिरिएका छन् । आरोपितहरु पक्राउ पर्ने क्रमसँगै मुद्दा चलिरहेका खबर नौलो हुन छाडेका छन् । सर्वसाधारणको बचत जोखिममा परिरहँदा सहकारीको साखमै संकट आएको छ । यस्तो बेलामा बचत तथा ऋण सहकारीहरुको छाता संस्था नेपाल बचत तथ. . .
काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’को फागुन ५ गते धरानमा प्रिमियर हुने भएको छ । गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेको संघर्ष र पीडालाई समेटिएको यो फिल्ममा मिलन चाम्सको निर्माण तथा निर्देशन छ । निर्देशक मिलनले पूर्व ब्रिटिस र वर्तमान ब्रिटिस सैनिकको उल्लेख्�. . .
काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने. . .
काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले आइतबार देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विहान साढे १० बजे मन्त्रालयको हलमै क्यान�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । तर आजको विनिमय दरमा शनिबारभन्दा खासै फेरबदल छैन । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक�. . .