सम्पूर्ण समाचार

नेमुवा ट्राफिक प्रहरीले ४ सय सिटी सफारी चालकलाई सिकायो नियम

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा रहेको ट्राफिक प्रहरी पोष्ट नेमुवाको विशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाइएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकले अपनाउनु पर्ने सावधानी र ट्राफिक नियमको विषयमा जानकारी दिइएको हो । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्र. . .


कर खारेजी माग गर्दै माघ २२ गते देशभरका फिल्म हल बन्द हुने

विराटनगर । अगामी माघ २२ गते देशभरका फिल्म हल बन्द हुने भएका छ । सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै नेपाल चलचित्र संघले साङ्केतिक रूपमा देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो। संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन. . .


प्रदेश प्रहरी प्रमुख खापुङद्वारा सहयोग रकम हस्तान्तरण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । मृगौला सम्बन्धी रोगबाट पिडित साफिको श्रीमती बर्षीया उर्मिला कुमारी रजतक�. . .


कतार पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । कतारमा आकर्षक तलबसहित काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी–४ इमाडोल बस्ने सिरहाको विष्णुपुर–२ का २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रवक्ता प्रहरी नायव उपर�. . .


बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई दुर्व्यवहार गर्ने पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई मंगलबार दुर्व्यवहार भएको छ । उनलाई आफ्नै कार्यकक्षमा एउटा समूहले मोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेको हो । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको भन्दै मोसो दलि�. . .


शाखा अधिकृत मिनबहादुर भट्टराईविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शाखा अधिकृतविरुद्ध ४ करोड ४० लाख १५ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत (आठौं) मिनबहादुर भट्ट. . .


एपीएफको चौथो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले चौथो जित निकालेको छ । एपीएफले समूह चरणको सातौं खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमको भने यो तेस्रो हार हो । एपीएफ र सुदूरपश्चिम समान ८ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा . . .


अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सात जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल,मुरारी साह,आर्यन साह,अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव,२४बर्षका हरिशंकर चौधरी रहेका छन् । उनीहरुबाट बि�. . .


हिसान स्पोर्टस् मिट: बास्केटबलको उपाधि विकेभिएमलाई

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तर्गत भएको बास्केटबलको उपाधि विकेभिएम स्कुलले हात पारेको छ । दौड प्रतियोगिताको उपाधि मेरिल्याण्ड कलेज र अर्किड कलेजले जितेका छन् । दिल्ली पब्लिक स्कुलमा भएको बास्केटबल प्रतियोगितामा विकेभिएम स्कुल विजयी हुँदै उपाधि हात पारेको हो । विकेभिएमले शिक. . .


अठार स्टार्टअपले गरे ‘आईडिया शेयर’, तीनजनालाई सहयोग गर्ने विराटनगरका मेयर कोइरालाको घोषणा

विराटनगर । युवा उद्यमशीलता प्रवद्र्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पु¥याउने उद्देश्यले उद्योग संगठन मोरङले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गतका तेस्रो चरणमा सहभागि १८ स्टार्टअपहरुले आफनो आईडियाको प्रस्तुती गरेका छन । संगठनले सामाजिक उत्तरदायित्व अन�. . .


फिल्म ‘हात्ती छाप’ नेपालसहित विश्वभर माघ २६ गतेबाट एकसाथ रिलिज हुने

काठमाडौं । फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर रिलिज हुने जानकारी दिएको हो। फिल्मलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ �. . .


संसदलाई ‘बिजनेश’ दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर अघिल्लो . . .