धरान । धरानमा हुने प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही मङ्सिर २७ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । प्रतियिगिताको फाइनल खेल आगामी पुस ६ गते हुने आयोजक सङ्घले जनाएको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा . . .
विराटनगर । मोरङ बास्केटबल संघको अध्यक्षमा बिनायक कान्त पन्त पुनः चयन भएका छन्। मंसिर १२ गते विराटनगरमा सम्पन्न विशेष साधारण सभाबाट बिनायक कान्त पन्त अध्यक्षमा पुनः चयन भएका हुन्। त्यसैगरी उपाध्यक्षमा अनिल राई ,सचिवमा त्रिलोक बास्तोला, सह-सचिवमा मुकेश यादव र कोषाध्यक्षमा अनुभव दाहाल चयन भएका छन्. . .
विराटनगर । शान्ति युवा क्लबको आयोजना गरेको विज्ञान प्रदर्शनी प्रतियोगिताको उपाधि सत्यनारायण माविले जितेको छ। विराटनगरस्थित ईडेनवर्ग कलेज परिसरमा भएको प्रतियोगिताको उपाधि सत्यनारायण माविले जितेको हो। त्यसैगरी मनितारा सेकेण्डरी बोर्डिङ्ग स्कुल द्वितीय, सगरमाथा बोर्डिङ्ग स्कुल तृतीय भएको छ। . . .
विराटनगर । लिड नेपालकी प्रमुख नुमा लिम्बू (चन्चला) को नेतृत्वमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष ज्ञापनपत्र बुझाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको हकहित र अधिकार प्राप्तिको सन्दर्भमा सोमबार लिम्बूको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यकको सन्दर्भ. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुनसकेन । ठूला कम्पनीको कारोबारमापन गर्ने स. . .
काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्म�. . .
भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्�. . .
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा रबर गोली लागेर विराटनगरका निर्दोष संग्रौला घाईते भएका छन् । आइतबार साँझ ५ः४० बजे रबर गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भुमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन्. . .
विराटनगर । मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको पाइएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकले सोमबार प्रकाशित ‘अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित’ शिर्षकको समाचार तथ्यगत रुपमा गलत रहेको पाइएको हो । आवर विराटनगरले समेत गोरखापत्र दैनिकले प्रकाशित गरेक. . .
इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ । आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ। सेनाको . . .
काठमाडौँ । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा.गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिनुभएको हो । महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विस. . .
काठमाडौं । आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो। छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार एक लाख १७ हजार ५०० रुपैया�. . .