सम्पूर्ण समाचार

विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो । भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विक. . .


‘स्थिति नियन्त्रणको सुनिश्चितता कसैले पनि गर्न नसक्ने’ इरानको चेतावनी

इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ । इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक स. . .


हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दावी

प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । . . .


विराटनगरको सेन्ट्रल मलमा दशैँ अफर

विराटनगर । विराटनगको रहेको सेन्ट्रल मलभित्रका विभिन्न सपिङ स्टोरहरुले आम उपभोक्ताहरुलाई चाडपर्व लक्षित विशेष छुटको व्यवस्था दिएको छ । सेन्ट्रल मलले आईतबार घटस्थापनाको दिनदेखी आगामी कात्तिक ६ गतेसम्म विभिन्न सामान खरिदमा मलभित्रका सपिङ स्टोरहरुले विशेष छुट सहित विभिन्न अफर ल्याएको हो । हरेब ब. . .


नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङ । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका �. . .


मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

काठमाडौँ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार न. . .


वडादशैँमा पनि मुद्दा सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले वडादशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला �. . .


कोशी प्रदेशमा मध्यावधिको सम्भावना टरेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको सम्भावना टरेका बताएका छन् । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशीमा मध्यावधिको सम्भावना टरेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेश सभा वि�. . .


कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथ लिएपछि मुख्यमन्त्री कार्कीले आजै एमालेका रामबहा�. . .


मोबाइलमाण्डुद्वारा इकमर्स मार्केटप्लेस सुरु

विराटनगर । मोबाइलमाण्डुले नेपालको प्रिमियर ग्याजेट्स तथा इलेक्ट्रोनिक्स इकमर्स मार्केटप्लेस सुरु गरेको छ। मोबाइलमान्डु, भिएस ग्रुप प्रा. लिमिटेड, नेपालमा इलेक्ट्रोनिक्स र ग्याजेट उत्साहीहरूका लागि समर्पित एक ग्राउन्डब्रेकिंग ईकमर्स मार्केटप्लेस हो । यसले मानिसहरूले इलेक्ट्रोनिक्स र ग्याजेटहर. . .


इजरायलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन

बेइजिङ । चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । इजरायलले गाजामा हमास लडाकुहरूमाथि जमिन आक्रमण गर्ने तयारी. . .