सम्पूर्ण समाचार

अन्तर्वार्ता : प्रतिबद्धताअनुसारको साढे १२ खर्ब लगानी प्राप्त हुनेमा विश्वस्त छौँ– सुशील भट्ट सिइओ, लगानी बोर्ड

काठमाडौँ । लगानी बोर्डले आज आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा (पिपिपी मोडल) को लगानी परिचालन र त्यसको व्यवस्थापनको काम गर्दै आएको छ । स्वदेशी तथा विदेशी र निजी क्षेत्र�. . .


आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट :नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त. . .


अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

किमाथाङ्का (सङ्खुवासभा) । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरे�. . .


सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदी व्. . .


निजामती सेवा दिवसको सन्दर्भः निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव डा.अर्याल

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्याय�. . .


काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए। . . .


फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

काठमाडौँ । फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव अधिकारको विधिशास्त्रसँग मेल नखाने भन्दै पुनरावेदनक�. . .


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसा. . .


मधेस प्रदेश: बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझाव�. . .


कोशी प्रदेशमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको �. . .


विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा सम्पन्न

देवराज तामाङ विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहिबार सम्पन्न भएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज दिउँसो ४ः०० बजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको थियो । राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्राको सुरुवात अघि विभिन्न स्थानीय तहका प्रमुखहरुले रथको. . .


लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा.बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नु�. . .