सम्पूर्ण समाचार

विराटनगरको एभरेष्टमा बास्केटबल र स्विमिङ प्रतियोगिताको तयारी पुरा

विराटनगर । यहि असार २४ गते आयोजना हुन लागिरहेको एभरेष्ट कप बास्केटबल तथा स्विमीङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । असार १७ गते आयोजना गर्ने भनिएको बास्केटबल प्रतियोगिता निरन्तरको वर्षाका कारण पछि सारिएको थियो । प्रदेश नं १ का विभिन्न विद्यालयहरुबाट यसै वर्ष एसईई परिक्षा दिएर बसेका विद्यार�. . .


विराटनगर बसपार्कमा एकव्यक्ति मृत फेला

विराटनगर । विराटनगर–११ बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् । बिहीबार बिहान यात्रु बस्ने फलामको कुर्सीमा मृत अवस्थामा अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयक�. . .


हल्का वर्षाकाे सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी व�. . .


लामो समयदेखि बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

काठमाडौं । लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन�. . .


चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएक�. . .


एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँका दरले बिक्री

काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिक्री गरेको छ । . . .


प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयल�. . .


सञ्चारकर्मी सञ्चार सहकारीद्वारा विराटनगरका चार पत्रकार सम्मानित हुने

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारीले शिक्षक मासिक काठमाडौंका सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदारलाई सम्मानि. . .


नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शङ्कर . . .


छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : शर्मा

काठमाडौं । जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताउनुभएको छ । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै उहाँले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याउनुभयो । “मैल. . .


गणपूरक सङ्ख्या नपुग्दा १५ मिनेट प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो । बैठकमा नेमकिपाका सांसद प्�. . .


रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयक राष्ट्रियसभामा उत्पत�. . .