सम्पूर्ण समाचार

११ वर्षमा मनसुनजन्य विपद्‍बाट २ हजार ३६२ जनाको मृत्यु, ८ सय ८० बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट ११ वर्षको अवधिमा देशभर २ हजार ३ सय ६२ जनाको मृत्यु र ८ सय ८० बेपत्ता भएका छन् । २०६८ देखि २०७८ सम्म भएका ५ हजार ८ सय २५ मनसुनजन्य विपद्का घटनाबाट देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको हो। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा. . .


मलबिनै धान रोपाइँ गरिँदै

महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानल�. . .


तीन दिन विराटनगरका विद्यालय बन्द गर्ने महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्न�. . .


बोलेरोको ठक्करबाट तनहुँमा दुईको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटाँैडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोलेको मृत्यु भएको ह�. . .


जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता गलत : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताउनुभएको छ । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबज ः राष्ट्र निर्माणको आधार’ विषयक गोष्ठी र मदन भण. . .


कैलालीमा चट्याङमा परी एक महिलाको मृत्यु, दुई घाइते

कैलाली । कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन् । उपचारका ला. . .


नेप्सेको पहिरो थामिएन

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्�. . .


प्रदेश नं १ : मन्त्रालयगत छलफल सकियो

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ । बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवे�. . .


लगातार परेको बर्षातले गर्दा विराटनगरका अधिकांश भाग डुवानमा घर भित्र पानी पसेपछि विस्थापित (फोटो फिचर )

विराटनगर । अविरल वर्षासँगै आएको बाढीले विराटनगरका केही घर डुवानमा परेपछि विस्थापित हुन पुगेका छन् । मंगलबार विहानैदेखी लगातारको वर्षाले विराटनगरको सिंघिया र केशलिया खोलामा बाढी आएका कारण उनीहरु विस्थापित भएका हुन् ।विराटनगर बजार क्षेत्रमा नालामा पानी जमेर सडक जलमग्न भएपछि घर भित्रै पानी पसेपछि घ�. . .


सप्तकोशीमा पानीको बहाव ह्वात्तै बढ्यो,नदीमा डुङ्गा चलाउन रोक

राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोशीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका. . .


युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

भक्तपुर । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको �. . .


राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ । रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा �. . .