सम्पूर्ण समाचार

नेप्से परिसूचकको हरियाली एक दिन पनि टिकेन

काठमाडौं । धितोपत्र बजारमा बुधबार भएको हरियाली एक दिन पनि टिक्न सकेन । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार भने उच्च अङ्कले उकालो लागेको थियो । तर, आज भने नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६४ अङ�. . .


कक्षा १२ का विद्यार्थीलाई अरनिको कलेजको बिदाई

विराटनगर । विराटनगर-१० मा रहेको अरनिको कलेजले कक्षा १२ का परिक्षा दिएका विद्यार्थीहरुलाई बिहिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थापन संकायका २३ औं ब्याचको ७ सय ७५ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रध्य�. . .


स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने मुख्यमन्त्री राईको धारणा

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गर्नुभएको छ । प्रदेश नं १ का स्�. . .


क्रोएसिया पठाईदिने भन्दै ठगी गरेको आरोपमा विराटनगरका एकव्यक्ति काठमाण्डौंमा पक्राउ

विराटनगर। क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा विराटनगरका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका स्थायी घर भएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् । हाल काठमाडौं महानगरपालिका–१० बस्‍दै आएका थिए । बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनु�. . .


विराटनगर–११ स्थित शान्ति यूवा क्लबको अध्यक्षमा मेहता

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ११ स्थित शान्ति यूवा क्लबको अध्यक्षमा अनिश मेहता चयन भएका छन् । क्लबको बिहीबार भएको भेलाले आगामी १ वर्षे कार्यकालका लागि क्लबको अध्यक्षमा मेहतालाई चयन गरेको हो । क्लबको अध्यक्षमा मेहतासँगै उपाध्यक्षमा ललित मेहता, महासचिवमा जयकिशोर यादव, सचिवमा लक्ष्मी चौधर�. . .


तराईमा डिएसपी र पहाडमा प्रहरी निरीक्षकको कमाण्डमा मनसुन विपद्प्रतिकार्य टिम

विराटनगर । नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइहालेमा त्यसको प्रतिकार्य चाँडो गरी नागरिकलाई सुरक्षित बनाउन सरोकारवाला निकायसँग छलफल गरिएको हो । बिहीबार आन्तरिक मामिला तथा कानून मन. . .


यो शहर अनि शुन्यता !

बिनयबिष्णु केसी यो कोलाहल अनि भागदौड लाग्छ सबै ब्यस्त छ यहाँ कसैलाई कसैको पिडा बोध छैन सबै निस्फिक्री लम्कीदै छन् आ-आफ्नै सपनाको भारी बोकेर अनि रात सुन्सान छ त्यही शहरमा सबैको सपनाको साक्षीं बनेर कयौं सपनाहरु त्यही बिलाए कयौं मरेर, अनि मारेर गए आ-आफ्नैकथाको झोली भर्न पुनः आउँछ बिहानी यो शहरको �. . .


महिला हिंसा अन्त्य गर्न माग

काठमाडौं । राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताउनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा उहाँले महिला हिं�. . .


पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय ५३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार १ सय १७ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रि�. . .


झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कार स्वरुप जनही ११ हजा. . .


विराटनगर–१२ बाट भन्सार छलेर ल्याएको कपडा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका १२ बखरीमा भारतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा बरामद गरेको छ । कुर्ता–सुरूवाल, हाफ पाईन्ट, कपडा रोल गरेरअन्दाजी १ लाख ९४ हजार १०० मूल्यको कपडा प्रहरीले नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ब�. . .


अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह ग. . .