सम्पूर्ण समाचार

झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृ. . .


गैँडा मारेको अभियोगमा तीन पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्र�. . .


घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डक. . .


उस्तै छ बालश्रम शोषणको अवस्था

काठमाडौँ । ‘आउनोस् आउनोस्...कालीमाटी, त्रिपुरेश्वर रत्नपार्क...।’ कलङ्कीदेखि सोल्टीमोड, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कका लागि छुटेको माइक्रो बसका सहचालक सुरज थामी चिच्याउँदै थिए । भर्खरै ११ वर्ष टेकेका उनी सिन्धुलीको घरबाट भागेर काठमाडौँ आई माइक्रो बसमा सहचालक भएर काम गर्न थालेका हुन् । पढ. . .


इटहरी दुर्घटना अपडेट : थप एकजनाको उपचारका क्रममा मृत्यु

विराटनगर । टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार दिउँसो कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट इटहरीको मुख्य चोकमा को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो। सरिताकी २२ वर्षिया छोरी अनु�. . .


गायक रविन तामाङकाे निधन

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी दिनुभयो । प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फो. . .


राप्रपाले सात वटै प्रदेशमा संयोजकको तोक्यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न �. . .


कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा

काठमाडौँ । मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का�. . .


बाल वातावरण केन्द्रद्धारा संखुवासभाका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

संखुवासभा । बाल वातावरण केन्द्र नेपालले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मंगलबार संखुवासभाको खाँदबारी नगरपालिका –७ बेलडाडाँस्थित जनचाहना आधारभूत विद्यालयका विद्यार्थीलाई बाल वाततावरण केन्द्रले शैक्षिक सामाग्री वितरण गरेको हो । विपन्न बालबालिकालाई झोला, कापी, कलम लगायत श. . .


आईसीसी विश्वकप छनोट : नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ । यस जितसँगै आयरल्याण्ड भन. . .


ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । यसअघि किर्ते कसुरमा अनुसन्धानका लागि म्याद लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आजदेखि भने सङ्गठित अपराध कसुरमा सात दिनको म्याद लिएर अनुसन्�. . .


नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कृषि तथा पशुपंक्षी विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले देशभित्र रहेका नेपालीले नै मुलुकको विकास गर्न सक्ने बताउनुभय�. . .