सम्पूर्ण समाचार

खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास

काठमाडौँ । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थाप�. . .


नदिले बगाएको रविन तामाङको शब फेला

उदयपुर । पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका वडा ४ बस्ने २७ बर्षीय रबिन तामाङको सोमबार बेलुका करिब ३ बजे शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका वडा ४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दा�. . .


मधेस प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

जनकपुर । मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यत. . .


हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन

बागमती । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया �. . .


गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

कास्की । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् । पोखराको रामघाट. . .


पाँचौँ दिनमा हवाई सेवा सुरु

सिमकोट । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाई�. . .


योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताउनुभएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्. . .


विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन धुलोमुक्त अभियान

मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ । गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई गुणस्तर शिक्षा दिन र . . .


अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

महेन्द्रनगर । झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको क�. . .


प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्य�. . .


प्रदेश १ : समान जिम्मेवारीका कार्यालय समायोजन, मौजुदा दरबन्दीबाटै कार्यसम्पादनको तयारी

विराटनगर । समान जिम्मेवारी भएका कार्यालयहरु आवश्यकता अनुसार समायोजन तथा खारेज गर्दै प्रदेश १ सरकारले विस्तारित मन्त्रालयहरुमा पदपूर्तिको प्रक्रिया अघि बढाएको छ । प्रदेश १ का मन्त्रालय र मातहतका निकायहरुको संगठनात्मक संरचना र स्वीकृत दरबन्दी बमोजिम सरकारले पदपूर्तिको प्रारम्भिक प्रक्रिया अघि ब. . .


बर्डफ्लू रोक्न मोरङ बुढीगंगा–५ र ग्रामथान–१ संकट क्षेत्र घोषणा

विराटनगर । सरकारले मोरङको बुढीगंगा र ग्रामथानको केहि सिमित क्षेत्रमा संकटकाल घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा फैलिएको बर्डफ्लू रोक्न केहि क्षेत्रलाई संकटक्षेत्र घोषणा गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्�. . .