सम्पूर्ण समाचार

मोरङका सबै केन्द्रमा मतदान सम्पन्न

विराटनगर । मोरङका ३०६ मतदानस्थलका ८३९ मतदान केन्द्रमा मतदान सकिएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन सुरु गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार अहिले धमाधम मतपेटीका मतगणनास्थलतर्फ केन्द्रीत गर्ने काम भईरहेको छ । मोरङमा ६६ प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक अनुम. . .


सकियो निर्वाचनका लागि तोकिएको समय

काठमाडौं । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ । केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ । निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रह. . .


मोरङमा ६५ प्रतिशतको हाराहारी मत खस्यो

विराटनगर । मोरङमा बेलुका ५ बजेसम्म ६५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगको पूर्वनिर्धारित समयसम्म मोरङका धेरै स्थानमा मतदान जारी छ । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर अहिले पनि मतदान जारी छ । कुनै पनि मतदानस्थलमा अहिलेसम�. . .


नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा एक जनाको मृत्यु

झापा । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्ब�. . .


१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरा�. . .


निर्वाचन शान्तिपूर्ण : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्र. . .


सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ : अध्यक्ष यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताउनुभएको छ । उहाँले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राख्नुभयो । दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उहाँको टिप्पणी थि. . .


विश्वकप फुटबल प्रतियोगिता आजदेखि

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि �. . .


विराटनगरको मतदातामा छैन उत्साह

विराटनगर । "वैशाखमा जस्तो भीड नै छैन" मुस्कुराउदै सुनाइन् रुक्मिणी अधिकारीले । तीनटोलीया विराटनगर कि ६५ वर्षीय रुक्मिणीलाई मतदाताको चाप न हुँदा भोट खसाल्न सहज भएको बताइन् । स्थानीय निर्वाचनमा जस्तो उत्साहजनक नभएको अनुभव सुनाउदै उनले भनिन ," वैशाखमा त कति लाइन थियो, आज त खासै मान्छे रहेनछ लाइनमा धेर�. . .


निर्वाचन : मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

काठमाडौं । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो। मतदाता नामावलीबारेको समस्या त्यहाँबा�. . .


देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदान

काठमाडौं । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो । प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा म�. . .


प्रदेश १ मा कति खस्यो मत ?

विराटनगर । मोरङ, झापा र सुनसरीमा करिब २५ प्रतिशतको मत खसेको छ । आइतबार बिहान करिब ११ : ३० बजेसम्म प्रदेश १ को धेरै मतदाता भएको मोरङ, झापा र सुनसरीमा करिब २२–३० प्रतिशतको मत खसेको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन् । देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङ जिल्लामा २२ प्रतिशत मत खसेकोको प�. . .