सम्पूर्ण समाचार

नरहरिनाथका २३७ घरधुरीमा धारा जडान

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन ने. . .


चुरे काछका बस्तीमा हात्तीको त्रास

महोत्तरी । चुरे पहाडतिर जङ्गली हात्ती हिँड्न थालेपछि महोत्तरी र धनुषा जिल्लाका चुरे काछका बस्तीमा त्रास बढेको छ । उत्तरतर्फ प्रदेश नं २ र बागमती प्रदेशको सीमा छुट्याउने चुरे पहाडमा जङ्गली हात्तीको हिँडडुल बाक्लिएकाले दक्षिणी काछका महोत्तरी र धनुषा जिल्लाका बस्तीमा त्रास बढेको हो । यसै साता चुरेप�. . .


अन्तरपालिका भलिबल : सिगास फाइनलमा

सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो । कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जि�. . .


मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो ।सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन् । मृत्यु �. . .


भारतमा थप सात हजार ४९५ जनालाई कोरोना सङ्क्रमित, २३६ जनालाई ओमिक्रोन भेरियन्ट

भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना दिल्लीमा ५४ तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जनाइएको छ । . . .


मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न १ जना पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा ३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ । कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा माल बाहक पानी जाहजमा मासिक ९ सय अमेरिकी डलर तलब पाउने गरी सुरक्षा गार्डको का. . .


लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र

लमजुङ । जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष चार हजार ३८८ तथा महिला तीन हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन्। चा�. . .


माओवादी राष्ट्रिय सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि ?

नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्ये. . .


सुनसरीमा नेकपा एसको भुमिगत शैलीमा राती राती संगठन निर्माण

इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीले जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रका टोल वस्तीमा भुमिगत राजनितिको झल्को दिने गरि रातीको समयमा संगठन विस्तार अभियान चलाएको छ । नेकपा एसका केन्द्रिय सदस्य केशवकुमार विष्टका अनुसार शहर बजार क्षेत्रका स्थानियहरु दिनभर व्यापार व्यवसाय लगायतका रोजगारमुलक कार्य�. . .


बोलिभियाको दुर्घटनामा सातको मृत्यु

बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात जना यात्रुको निधन भएको छ ।यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोँचमा खस्दा ती यात्रुको निधन भएको हो । आठजना यात्रु लिएर गएको भ्यान दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी एकजना घाइते भएका बताइएको छ ।यहाँको न�. . .


उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते

पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्यााएका. . .


बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित

बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा द�. . .