सम्पूर्ण समाचार

ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको ज. . .


खोटाङमा तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन. . .


कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

मकवानपुर । कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ । उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत�. . .


लक्ष्यको तुलनामा सरकारी राजस्व वृद्धिदर पछिल्लो ५५ वर्षयताकै कमजोर

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि राजस्व सङ्कलनमा राखेको लक्ष्यको वृद्धिदर साढे पाँच दशकयताकै न्यून देखिएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप. . .


टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चौबीस हजार ६१७ पुग्यो,खोज र उद्धार कार्य जारी

भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ । देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन् । भूकम्प पीडित घरबारविहीन भएका मानिसहर�. . .


परिवर्तन गर्ने अठोट गरियो भने मात्रै सकारात्मक परिणाम हासिल हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार स�. . .


चितवन–२ को उपनिर्वाचन वैशाख १० गते

काठमाडौँ । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन क्षेत्. . .


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राज�. . .


आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्�. . .


भिभिआईपी सवारी सरलीकृत बनाउन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउ�. . .


विराटनगरमा निःशुल्क आँखा शिविरबाट दुई हजार २६३ जनाको परीक्षण, ३० जनाको मोतिबिन्दु शल्याक्रिया

विराटनगर । विराटनगर महानगरपालिकासँगेको सहकार्यमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानले दिदैं आएको निःशुल्क आँखा शिविरमा दुई हजार २६३ जनाले परीक्षण गरेका छन् । जसमध्ये ३० जनाको मातिबिन्दुको शल्यक्रिया भएको छ । विराटनगरका १९ वडामा ३८ वटा निःशुल्क आँखा शिविर सञ्चालन गर्न प्रतिष्ठान र महानगरपालिक. . .


बजेट मध्यावधी समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक ग�. . .