सम्पूर्ण समाचार

योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ । आज भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्�. . .


मधेस प्रदेश : बक्यौता भुक्तानी गर्न माग

जनकपुरधाम । मधेस प्रदेशमा विगत आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गतका योजनाको करिब रु एक अर्ब बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्माण व्यवसायीले आग्रह गर्नुभएको छ । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई आज मन्त्रालयमा भेटेर व्यवसायीहरूले विगत दु. . .


सिएनआई कोशी एक्सपोमा दैनिक तीस हजारले अवलोकन गर्ने आयोजकको दाबी

विराटनगर । माघ १९ गते देखि सञ्चालनमा आएको सिएनआई कोसी एक्सपोमा दैनिक तीस हजारले अवलोकन गर्दै आइरहेको आयोजकको दाबी छ । एकसाता देखि सञ्चालनमा आइरहेको एक्सपोमा दैनिक जस्तो तीस हजारले अवलोकन गर्दै आईरहको आयोजक संस्था नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको हो । दैनिक हजारौँमा आउने अवलोनकर्ताको सहभागित�. . .


राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको हो । राष्ट्रपति भण्ड. . .


सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से

काठमाडौं । मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँ. . .


उदयपुरबाट मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको क�. . .


बेलबारीमा रहेको गुरूकुलका विद्यार्थीहरू च्याउ खेती गर्दै

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकामा रहेको गुरूकुल पाठशालामा अध्यायनरत कक्षा ८ का विद्यार्थीहरूले च्याउ खेतीको परीक्षण गरि उत्पादन गरेका छन् । च्याउ खेती कक्षा ८ को पेशा ब्यवशाय र प्रविधि शिक्षा विषय अन्तर्गत पाठ्यक्रममै उल्लेख भएको छ । च्याउ खेती गर्नुको मुख्य उदेश्य व्यवसायिकता भन्दा पन�. . .


विराटनगरमा साँझपछि भित्रन्छन् तस्करीका सामान

विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने तस्करहरुले साँझ, रात र बिहानीपखलाई मौकाको रुपमा खुल्ला सीमा कटाउने समय बनाउने गरेका छन् । दिनभर घरायसी प्रयोजनका सामान खरिद गर्न जोगबनी पुगेर फर्कनेको भीड लाग्ने गरेको नाका सुनसान हुने समयलाई तस्करी गर्नेहरुले मौका मान्ने गरेका हुन् । प्रहरीले पक. . .


उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सन् १९७४ मा नेपाल–कोरियाबीच कूट�. . .


स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ । स्लोभाकिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापालाई प्रहरीले पक्राउ गरेको हो। उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोज. . .


मुख्यमन्त्री कार्कीको एक महिना : बधाई थाप्ने र कार्यक्रम उद्घाटन गर्नेमै बित्यो

सुजता लिम्बु विराटनगर । प्रदेश १ ले मुख्यमन्त्री पाएको एक महिना बित्यो । दोस्रो कार्यकालका लागि हिक्मतकुमार कार्की मुख्यमन्त्री भएको महिना बित्दा सरकारले संसदलाई बिजनेसविहीन अवस्थामा राखेको भएपनि बधाई थाप्ने र उद्घाटन भने थुप्रै भईसकेका छन् । कार्की प्रदेश सरकारको बाघडोर सम्हाल्न पुस २५ गते मुख्. . .


केटीको नाममा फेक आईडी खोलेर आर्थिक कारोबार गर्ने पक्राउ

काठमाडौं । आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका -४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले फ. . .