सम्पूर्ण समाचार

बेलायती साइबर सुरक्षा फर्मद्वारा ‘च्याट जेपीटी’ को साइबर अपराधबारे चेतावनी

बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याटजीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुन सक्ने चेतावनी दिएको छ । सिलिकन भ्यालीको पछिल्लो एप ‘च्याटजेपीटी’लाई माइक्रोसफ्ट समर्थित ‘स्टार्ट अप ओपनएआई’ले गत बर्ष नोभेम्बरदेखि सेवा सञ्चालनमा ल्याएको थि�. . .


विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

खुम्जुङ (सोलुखुम्बु) । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ । सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रममा उहाँले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै �. . .


“ए दाजु न समाऊ नारीमा…, भन्ने गीतको नक्कल गरियो, जसको सिर्जना हाम्रा पुर्खाले सारङ्गी रेटेरै गरेका थिए”: श्याम नेपाली

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसक्नुभयो । आधुनिक सुगम स. . .


राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्�. . .


अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, भारतीयसहित तीन समातिए

काठमाडौँ । अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो । पछिल्ला दु�. . .


‘लक’ लगाउँदै विराटनगरमा गुड्छ ट्राफिक सिटी

विराटनगर । विराटनगरमा अहिले एउटा सिटी गुड्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सिटी गस्ती शहरका सबै गल्लीमा पुगिरहेको हुन्छ । सडक पार्किङ निषेध क्षेत्रमा कुनै सवारी रोकेर राखेको भए तुरुन्तै लक लगाएर फर्कन्छ । एक पटक लक लगाउँदै पुग्छ, अर्को पटक लक खोल्न । जिल्ला ट्राफिक प्रहरी कार्यालयको यो सिट�. . .


कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाँले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा. . .


सूचना प्रविधिमा महिलाको पहुँच विस्तार गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ । मन्त्री शर्माले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राज्यका सबै तह र क्षेत्रमा मह�. . .


तराई मधेसका जिल्लामा आज होली मनाइँदै

वीरगञ्ज । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भए�. . .


राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेशसभा. . .


महिलामाथि हुने दुव्र्यवहार र हिंसा दुरुत्साहनलाई निरुत्साहन गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिलामा. . .


सातवटै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाठेघर र स्तनमा हुने क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमका रूपमा अघि बढाइने बताउनुभएको छ । आज यहाँ ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सात वटै प्रदेशमा स्तन र पाठेघरमा हुन. . .