जनकपुर जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ । बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै �. . .
मेची मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ । वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नग�. . .
विर्तामोड झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगर. . .
विराटनगर न सरकारले सोच्यो न हामीले सोच्यौं यति भयावह अवस्था आउला भनेर! यो त शुरूवात मात्रै जस्तो छ। अझै कति विकराल अवस्था आउने हो? हिजोसम्म निर्धक्क भएर मलाई केही हुन्न भन्नेहरूको पनि ओठमुख सुक्न थालिसकेको छ मलाई जस्तै। म कोरोना प्रतिरोध गर्न सक्षम भनाउँदोको पनि मन स्थिर छै. . .
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोन�. . .
विराटनगर । प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३२ �. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको म. . .
गोदावरी गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्न�. . .
काठमाडौँ पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन । दैनिक को. . .
बिर्तामोड झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पु¥याइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौँको एक नीजि अस्पतालमा उपचार�. . .
उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे सडकमा बिग्रिएको बेला यात्रु ओर्लेर टिकटक बनाउने क्रममा झरेर मृत्यु भएको हो । सुमोमा सवार रहेका धरान–५ का १८ बर्षीय सुभ. . .
विराटनगर । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ‘रेमडेसिभिर’ इन्जेक्सन नक्कली बनाएर बिक्री वितरण हुने गरेको पाइएको छ । संकटका बेला सक्रिय रहेको गिरोहका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले नोबेल मेडिकल कलेज विराटनगर अगाडी सञ्चालनमा रहेको साथी फार्मेसीका सो�. . .