सम्पूर्ण समाचार

नागरिक विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गर्नुभएको थियो भने सो प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिनुभ�. . .


सरकारी जग्गा ‘लिज’मा दिन नयाँ प्रबन्ध

काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज (भाडा)मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेको छ । राजपत्रका सूचना प्रकाशित गरेर ‘ सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो । . . .


गुणस्तर सुधार्न आमाहरुलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

काठमाडौँ । संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र ? दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारम. . .


प्रिमियम गुणस्तरको लत्ताकपडाका लागि जोगबनीको ‘राधाकृष्ण फेशन’

विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीमा श्री राधाकृष्ण फेशन सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको श्री राधाकृष्ण फेशनमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहरु उपलब्ध र. . .


सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

वीरगञ्ज । दुर्ई दिनअघि सेवाग्राहीबाट रु.एक लाख ७० हजार घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ । उनलाई उक्त अदालतबाट सात दिनको म्�. . .


फिलिपिन्सका राष्ट्रपति मार्कोस कोभिड सङ्क्रमित

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । उहाँका प्रेस सचिव रोज बिट्रिक्स क्रुज-एन्जेल्सले शुक्रबार सो बारे जानकारी दिनुभएको हो । एन्जलसले पत्रकार सम्मेलनमा ६४ वर्षीय मार्कोस कोभिड-१९ को एन्टिजेन परीक्षणमा सङ्क्रमित देखिनु भएको भएको जानकारी दिनु �. . .


जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन�. . .


सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण

वीरगञ्ज । सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको �. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प�. . .


कोशी ब्यारेजका फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या

काठमाडौं । कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने दुईवटा बाटो छन् । कोशीमा रहेका १५ देखि १८ वट�. . .


नेप्से फेरि ३४.७१ अंकले तल झर्‍याे

विराटनगर । साताको अन्तिम कारोबराका दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । आज नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा झरेको हो । नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ । घटेको बजारमा शुक्रबार १ अर्ब �. . .


जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

सिन्धुली । कमलामाई नगरपालिका-६ धुराबजारस्थित सुवर्ण होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक घ्याङ्लेख गाउँपालिका-४ स्थायी घर भएका ५६ वर्षीय चतुर्मान लो समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स�. . .