सम्पूर्ण समाचार

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त

विराटनगर । एनआईसी एशिया बैंकले सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनलाई बढुवा गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशनमा भएक�. . .


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोजमा हुने

काठमाडौं । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकले नवौं खेलकुद सार्ने निर्णय �. . .


आमाको हत्या आरोपमा छोरा पक्राउ

धरान। धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार दिउँसो साढे १ बजे धारीलो ह�. . .


प्रदेश १ को बजेट अधिवेशन जेठ १६ लाई आह्वान

विराटनगर । प्रदेश १ सरकारले दशौं तथा बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बजेट अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले दशौं तथा बजेट अ. . .


पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ९ सय २० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ८ सय ९० खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .


महानगरवासीलाई निराश हुन दिन्न: नवनिर्वाचित प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभएकाे हाे । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा . . .


सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति तथा कार्यक्रम : एउटै कार्यक्रम, भएन कार्यान्वयन

काठमाडौं । सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्, कहिल्यै कार्यान्वयन हुँदैनन् र पूरा पनि हुँदैनन् । बजेट खर्च भएको छ, जनशक्ति पनि परिचालित छन् । त्यसले नागरिकलाई खास अर्थमा लाभ पनि दिएक�. . .


अवैध लागूऔषध सहित पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध लागूऔषध गाँजा सहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका-१४ मोटर दोभान बस्ने २१ वर्�. . .


स्थानीय तह निर्वाचन : मत बदर बढी हुने प्रक्षेपण

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा सोमबार बिहानसम्मको मतगणनामा प्रमुख पदमा १८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्राप्त विवरणमा उपप्रमुख पदमा झण्डै ४० प्रतिशत मत बदर भएको छ । उपप्रमुखमा विजयी हुने उम्मेदवारले प्राप्त गर्ने मतभन्दा निकै बढी मत बदर हुने स्पष्ट देखिएको छ । मुख्य निर्वाचन अधिकृ�. . .


दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशतभन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार विभागले सार्वजनिक गरेको �. . .


जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेत समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार २�. . .


मेयर हर्क साम्पाङले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

विराटनगर । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्कराज साम्पाङ राईले पदभार ग्रहण गर्नु भएको छ । आज उपमहानगरको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो न�. . .