नेपालगञ्ज । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो । मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्�. . .
विराटनगर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आजकै मिति (जेठ ११ गते) बाट राजीनामा दिएको तर पार्टीको साधारण सदस्य भने रहिरहने जानकारी दिनुभएको हो । उहाँले स्थानीय तह निर्वाचनमा आएको पर. . .
विराटनगर । स्थानीय तहको निर्वाचनमा बुढीगंगा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जितनारायण थापा मगर पदभार ग्रहण गर्नु भएको छ । आज गाउँपालिकाको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले बुढीगंगा गाउँपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ । गाउँ. . .
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष�. . .
विराटनगर । विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको करिब साँढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले ने�. . .
गण्डकी । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्ति. . .
विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशनको बैठक यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा आउँदो सोमबार दिनको ११ बजेका लागि बैठक आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान. . .
विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्ना विद्यमान अल्ट्रा-फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले अल्ट्रा. . .
विराटनगर । बहुप्रतिक्षीत नेपाली फिल्म ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला भएको छ । विराटनगरस्थित भाटभटेनी क्युएफएक्सले सोमबार साँझदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्दै फिल्मलाई ७ वटा शो टाइम दिएको छ । क्युएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका समेत प्रकाशित गरेको छ । जसमध्�. . .
दमक । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दि�. . .
विराटनगर । नेकपा एमाले मोरङ जिल्ला पार्टी कमिटिले स्थानीय तह निर्वाचन २०७९ बारे आफ्नो धारणा सार्वजानिक गर्दै पार्टीले पाएको सफलताप्रति आम मतदातालाई आभार व्यक्त गरेको छ । गठबन्धन गरेका पाँचदल विरुद्ध एक्लै निर्वाचनमा उभिएको एमालेले उत्साहजनक सफलता पाएको भन्दै जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सबैप्�. . .
विराटनगर । ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध विराटनगरमा मंगलबार सत्ता र प्रतिपक्षी दलसँग आवद्धहरुले प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवर्तमान मेयर भीम पराजुलीसहित काँग्रसका कार्यकर्ता र एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै विरोध प्रदर्शन �. . .