सम्पूर्ण समाचार

दुहबीमा काँग्रेसको अग्रता

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । दुहबीमा ५०० मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रहता लिएका हुन् । दुहबी वडा नम्बर १ को मत गणनामा मेयरमा नेपाली काँग्रेसका बेद गच्छदारले २२० मत प्राप्त गरेका छन् । भने नेकपा एमाले र जनता समाजवादी पार्टीको गठ. . .


विराटनगरमा मतगणनाको लागि सबै तयारी पुरा, केहि बेरमा सुरु हुने

विराटनगर । विराटनगर महानगरपालिकामा मतगणना सुरु हुन लागेको छ । मतगणनाको लागि सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले आवर विराटनगरलाई जानकारी दिए । अब केहि बेरमा मतगणना सुरु गर्ने उनले बताए ।. . .


झापामा कहाँ कहाँ कति मत खस्यो ? विवरण सहित

विराटनगर । झापामा ७०.४८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ । अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रति�. . .


दमकमा महागठबन्धनबाट राप्रपाका थापालाई एमालेले उछिन्यो

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । राप्रपाका उनलाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा �. . .


मोरङका यी पालिकाहरुमा मतगणना सुरु भयो

विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार  कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू भएको हो । मोरङमा सबैभन्दा चासोले हेरिएको विराटनगर महानगरपालिकामा आजबाट मतगणना हुनेछ । मोरङका अन्य पालिकाहरुमा आजबाट नै मतगणना हुने जनाइ. . .


संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु

विराटनगर । संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो।. . .


डोकोमा आएर मतदान गरेका खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु

जाजरकोट । जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा भएको बताएका थिए । उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उमेदवार छन् । उनको अन्तिम इच्छा छोरा र अन्य उमेदवारलाई भोट हाल्ने र�. . .


विराटनगरमा आज बिहान ८ बजेबाट मतगणना हुने

विराटनगर बैशाख ३१ , विराटनगर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । शुक्रबार अबेर बसेको बैठकले मतगणना शनिबार गर्ने निर्णय गरेको हो । विराटनगरकको आदर्श स्कुलमा मतगणना  गरिने छ । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ साय ९६ मत खसेको छ ।. . .


मनाङबाट सुरु भयो मतगणना

मनाङ । हिमालीपारिको जिल्ला मनाङमा मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना कार्य सुरु भएको जानकारी दिनुभयो । मनाङमा चार गाउँपालिका रहेका छन् । जिल्लाको नासोँ गाउँपालिकामा राति करिब ८ बजेदेखि नै पहिलो मतगणना कार्य सुरु भएको हो । त्�. . .


बुढीगंगामा ७८.८२ प्रतिशत खस्यो मत

विराटनगर । बुढीगंगा गाउँपालिकामा ७८.८२ प्रतिशत मत खसेको छ । २८ हजार १ सय ५९ मतदाता रहेको पालिकामा ७८.८२ प्रतिशत मत खसेको जानकारीमा आएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले ७८.८२ प्रतिशत मात्रै मत खसेको जनाएको छ । बुढीगंगाको ३७ पदका लागि भएको निर्वाचनमा कुल २२ हजार १ सय ९५ जनाले मतदान गरेका . . .


विराटनगरमा ६७.३५ प्रतिशत खस्यो मत

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ । विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन् । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै . . .


उदयपुरमा गोली लागि एक जनाकाे मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो। १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेको छ। भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा ब. . .