सम्पूर्ण समाचार

विराटनगरको गुरुकुलमा फेरि प्रस्तुत भए श्रवण मुकारुङ

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको नवौं अनुक्रममा कवि श्रवण मुकारुङले करिब दर्जन कविता सुनाएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा मुकारुङले युवाकविहरुलाई समर्पित गर्दै आवाज नआइपुगेको मेघको उज्यालो, म्याडम गीता, डिप्रेसनमा राम, गाउँ र आमा, मोहन कोइराला, �. . .


नेकपा माओवादीका नेता दामोदर आचार्यको निधन

नेपालगञ्ज । नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनन्साठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए । उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्. . .


हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

हुम्ला । हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले ब. . .


विराटनगरको जुट मिलमा “दोस्रो मिल्स गोल्डकप ”बिजेतालाई २ लाख १ हजार

विराटनगर । विराटनगरको जुट मिल खेल मैदानमा “दोस्रो संस्करणको मिल्स गोल्डकप ” फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विराटनगर-१३ मा रहेको सौगात बचत तथा ऋण सहकारी सस्थाको कार्यलयमा शनिबार �. . .


नेपालको राजनीति दुई ध्रुवमा विभाजित छः नेता ढकाल

चितवन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व काँग्रेसले गरिरहेको बताउनुभयो । अबको निर्वाचनले दुई �. . .


श्रीमतीको हत्या आरोपमा नेम्बाङ पक्राउ

पाँचथर । श्रीमती हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई ३९ वर्षीया निशा थेबेको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको. . .


ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भए�. . .


रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

रसुवा । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो । . . .


नुवाकोटको अचराङमा आगलागी हुँदा तीन घर नष्ट

त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको ध�. . .


मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गर्नुभएको हो । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउ�. . .


नागरिकता विधेयकका सम्बन्धमा गृह मन्त्रालयमा छलफल

काठमाडौं । नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा भएको उक्त छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरुबीच भएको सहमतिलाई क. . .


अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विश्वसनीयता वृद्धि भएको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ। नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। नेपाल र नेपाली जनताको हित प�. . .