सम्पूर्ण समाचार

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

विराटनगर । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेक�. . .


देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ। उद्योग कलकारखानामा पुग्छ। पछिल्ला दिनमा सरकारले जलविद. . .


पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा २ सय २० जना कोरोना संक्रमण मुक्त. . .


विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेशनको �. . .


मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा

विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको छ । १० औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११ औं पटक अभियान संचालन गरिएको हो । यस पटकको अभियानलाई प्रभावकारी बनाउन मोरङ जिल्लाका पालिकाहरूले विशेष अभियान संचालन गरेको बताएका छन् । अभि�. . .


विराटनगरका दुईवटा सप्लायर्सलाई बिलबिजक जारी नगरेको आरोपमा जरिवाना

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वको टोलीले बिलबिजक जारी नगर्ने दुईवटा फर्मलाई जरिवाना गरेको छ । विराटनगरको दक्षिणी क्षेत्रका विभिन्न १७ वटा मदिराजन्य कारोबार गर्ने फर्म तथा होटलको आज अनुगमन गर्ने क्रममा दुइवटालाई जरिवाना गरिएको हो । वाणिज्य, आपू्रर्ति तथा उपभोक्ता �. . .


होलीलाई मर्यादित बनाउन मोरङ प्रहरीको बिशेष सुरक्षा रणनिति : जबरजस्ती रङ दले सिधै कारबाही

विराटनगर । रङहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले बिशेष सुरक्षा रणनिति तयार पारेको छ । होलीको समयमा हुनसक्ने विभिन्न उच्छृङखल गतिविधिलाई नियन्त्रण गर्न मोरङ प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएको हो । शुक्रबार होलीको दिन जिल्लाभर ठुलो संख्यामा प्रहरी परि. . .


जीवन विकास लघु वित्तीय संस्थाको व्यापार : सदस्यका नाममा जारी गरेको ऋणले कर्मचारीले खोलेको फर्मको सामान किन्नुपर्ने

विराटनगर। ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर उठाउने उद्देश्यले सञ्चालित जीवन विकास लघु वित्तीय संस्था लि.कटहरीले सदस्यलाई आफ्नै नाफामुलक व्यापारमा जर्बरजस्ती सहभागी गराउँदै आएको छ । आर्थिक असमानतालाई न्यूनिकरण गर्न ग्रामिण वित्तीय सेवा प्रदान गर्ने संस्थाले सदस्य बनेका सेवाग्राहीलाई �. . .


म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै

म्याग्दी । म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खा याममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डढेलोको क्षति यतिमा मात्रै सीमि�. . .


विराटनगरको आर के सिटी सेन्टरमा उपभोक्तालाई विशेष समर अफर

विराटनगर । विराटनगर-८ हाटखोलामा रहेको आर के सिटी सेन्टरले आफ्ना उपभोक्ता तथा सेवाग्राहीलाई होली विशेष र समर अफर ल्याएको छ । ३ बर्ष अघि संचालनमा आएको आर के सेन्टरले आफ्ना उपभोक्ता तथा सेवाग्राहीलाई विभिन्न सामान खरिदमा विशेष आफर दिएको आर के सिटी सेन्टरले जनाएको छ । सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्�. . .


रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयातमा वृद्धि

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअघि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्धि गराई नेपाली बजारको म. . .


धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल . . .