सम्पूर्ण समाचार

उर्लाबारी जेसिजद्वारा रजत वर्षको लोगो सार्वजनिक

विराटनगर । मार्च १० ई.स. १९९७ मा स्थापित उर्लाबारी जेसिजले आज आफ्नो रजत जयन्ती वर्षको लोगोको अनावरण तथा जन्मजयन्तिको केक काटेर शुभारम्भ गरेको छ। रजत जयन्ती वर्ष २०२२ भरी नै विभिन्न कार्यक्रम गरेर मनाउने उर्लाबारी जेसिजका महासचिव निशान भट्टराईले जानकारी दिए । उर्लाबारी जेसिजले विभिन्न अवसरहरूको मा. . .


कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

जाजरकोट । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ । विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम द�. . .


कोरोनाविरुद्धको खोप सहजै उपलब्ध

त्रिशूली । कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जन�. . .


स्थानीयवासीद्वारा डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

दमौली । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् । का. . .


कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

राजविराज । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह १ सय १६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १ सय ८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ म�. . .


दुई वर्षपछि भारतको मुम्बई र बैंग्लोरमा उडानः पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार. . .


नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९३.५३ मा पु. . .


ओबी भिडियो अपडेट : सुधार केन्द्रमा राखिएका युवा सिंघिया खोलामा मृत फेला परेपछि

विराटनगर । विराटनगर-२ शनिहाटस्थित स्पर्स नेपाल सुधार केन्द्रमा राखिएका धरान बस्ने वर्ष २५ का दिलेन्द्र पतियारको मृत्यु पश्चात आफन्तजनले सुधार केन्द्रप्रति कडा आक्रोश पोखेका छन् । गएको मगंलबार सुधार केन्द्रबाट भाग्ने क्रममा विराटनगरको सिंघिया खोलामा डुबेर उनको मृत्यु भएको थियो । हेर्नुहोस घ�. . .


विराटनगरको खानेपानी आयोजना सुधारका लागि जापान सरकारले २ अर्ब ३१ करोड अनुदान

विराटनगर। जापान सरकारले विराटनगरको खानेपानी आयोजना सुधारका लागि २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ता�. . .


महिलाको उद्यमशीलता विकासलाई इसेवाले सघाउने

विराटनगर । ई–सेवाले महिला उद्यमशीलता विकासलाई सहयोग गर्ने भएको छ । मोरंग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम आयोजना गरेको हो । महिलाहरुले आय–आर्जन गरेको सीपलाई उद्यमशीलतामा परिवर्तित गरी आयआर्जनतर्फ उन्मुख गराउनु नै यस कार्यक्रमको प्रमु�. . .


झापा–११ सेमिफाइनलमा

बिर्तामोड । घरेलु टोली झापा­–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई . . .


एभरेष्ट ईन्टर हाउस फुटबल प्रतियोगिता शुरु, कोशी र गण्डकी विजयी

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको आयोजनामा आजदेखि ‘ईन्टर हाउस’ फुटबल टुर्नामेन्ट– २०७८ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज भएका खेलमा कोशी र गण्डकी हाउस विजयी भएका छन् । बिचको प्रतियोगिता अन्तर्गत आज पहिलो दिन कक्षा ३, ४ र ५ का खेलाडीहरुको चारवटा हाउसबिच प्रतिष्पर्धा भएको हो. . .