काठमाडौं अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसा�. . .
वाग्मती वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला . . .
चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मे. . .
गाजा इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा पछिल्ल�. . .
तुलसीपुर कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल केसीले उपमहा. . .
दमक तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दमक स्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपीइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क लगायतका सामग्री प्रदान गरिएको हो । दमकको बेलडाँगी भुटानी शरणार्थी श. . .
झापा नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेका मध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागती�. . .
भरतपुर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरण पौडेलले सो सिलिण्डर अस्पतालका अध्य�. . .
काठमाण्डु वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सो अघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं। २००२ साउन १९ गते पाँचथरमा . . .
काठमाडौँ कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोके�. . .
बैतडी बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो । यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्. . .
काठमाण्डौ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डा. . .