सम्पूर्ण समाचार

महेन्द्र मोरङ स्ववियु सभापति कार्यकक्षमा भेटियो २ वटा खुकुरी, प्रहरीले गर्यो बरामद

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्ववियु सभापतिको कार्यकक्षामा २ वटा हातहतियार (खुकुरी) फेला परेको छ । स्ववियू सभापति रोहित यादवको कार्यकक्षको दराज भित्र २ वटा खुकुरी मंगलबार फेला परेको हो । घटना लगत्यै वडा प्रहरी कार्यालय विराटनगरबाट आएको टोलीले घटनाबारे अनुसन्ध�. . .


सिडीओ कार्यालय मोरङले एउटाबाट खोसेर अर्कोलाई दियो, राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने जिम्मा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचयपत्रका लागि वैयक्तिक विवरणसहितको अनलाइन आवेदन फारम भर्ने जिम्मा कर्मचारी मिलन केन्द्रबाट खोसेर व्यक्तिलाई दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीस्तरीय निर्णय गर्दै कर्मचारी मिलन केन्द्रबाट आयन्स अनलाइन सेन्टरलाई जिम्मेवारी दिइएको �. . .


जलविद्युत क्षेत्रको दिगो विकासका लागि मन्त्रालय तयार छ ः मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलविद्युत क्षेत्रको दिगो विकासका लागि वन तथा वातावरण मन्त्रालय निरन्तर प्रतिबद्ध रहँदै आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औं बार्षिक साधारणसभामा उनले जलविद्युत क्षेत्र नेपालको महत�. . .


नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा बोल्दै उनले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगान�. . .


सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सिंहको आग्रह

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका छन् ।मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले. . .


सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला दुई हजार दुई सय ७५ र�. . .


गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो बर्ष दिनको उपलब्धीहरु

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकाल सफल भएको उनको सचिवालयले दाबी गरेको छ ।मंगलबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्षको उपलब्धीहरुका बारेमा संचारमाध्यमहरुलाई उपलब्ध गराएको रिपोर्टमा मन्त्री लेखकको सक्रियतामा सुशासन र नीतिगत सुध�. . .


भारतबाट ल्याएको साढे सातलाख बढीको औषधीसहित एक व्यक्ति विराटनगरमा पक्राउ

विराटनगर । सीमा क्षेत्र विराटनगर १६ दरैयाबाट सात लाख ९० हजार ३०० मूल्य बराबरको औषधीसहित विराटनगर–१६ का सिकन्दर यादव पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट मोटरसाइकलमा राखेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको औषधीसहित प्रहरीले यादवलाई मंगलबार बिहान ५ बजेको पक्राउ गरेको हो । इलाका प्रहरी कार�. . .


मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन् । �. . .


मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गएराति प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलका प्रधानमन्त्र�. . .


स्वास्थ्य बीमाको सर्भर डाउन हुँदा विराट मेडिकल कलेजमा बिरामीलाई सास्ती

विराटनगर । नेपाल सरकारले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सर्भर प्रणाली मंगलबार बिहानैदेखि डाउन भएपछि मोरङको बुढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामी सास्तीमा परेका छन्।स्वास्थ्य बीमाको सर्भर बन्द हुँदा सेवाग्राहीहरूले फाराम. . .


भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्�. . .