सम्पूर्ण समाचार

लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप

काठमाडौं । सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको जस्तै माहोल देखियो । समितिमा प्राप्त उजुरीउपर छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र सभापति ऋषिकेश पोखरेलबीचको चर्काचर�. . .


प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । झापाको गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ। जेठ ४ गतेदेखि ६ गतेसम्म झापाको गौरादह कभर्ड हलमा सम्पन्न प्रतियोगिताको विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो। प्रतियोगितामा ९ पदक सहित मोरङ प्रथम हुँदा ५ पदक सहित झापा दोस्रो र ३ . . .


दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर आक्रमण गर्नुभएको छ । भिडियो प्लेमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित गरेको र यसले किसानहरूलाई संयुक्त राज्य अमेरिकामा भाग्न बाध्य बनाइरहेको दाबी गर्नुभ�. . .


पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

जमुना वर्षा शर्मा/रासस पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्था (ना) को सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थनुका साथै यसअघि हुँद�. . .


आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तराष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने संभावना बढेपछि अन्तराष्ट्रिय स्तरमा तेलको मूल्य बढेको छ । इजरायलले इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने धम्की दिएपछि उत्पन्न क्षेत्रीय तनावका कारण तेलको मूल्य बढेको हो । अमेरिकी मिडियाले मंगलबार इजरायलले इरानको आणविक सुविधामा आक्रमण गर्न. . .


मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

काठमाडौँ । सांसदले मनसुनअघि नै विपद जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाहरुले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिनुभएको हो । विपद्् व्यवस्थापन (�. . .


सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो । गाउँपालिक�. . .


ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र ह�. . .


स्वास्थ्य मन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किएका छन् । स्विजरल्यान्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार उनी स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनेभामा जार�. . .


चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् । पर्. . .


सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ ह�. . .


चलचित्र ‘ऊनको स्वीटर’ को विशेष शो सम्पन्न, सेलिब्रेटीहरूको उपस्थिति र प्रशंसा

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री मनिषा कोइरालालगायतका चर्चित कलाकारहरूको उपस्थितिमा चलचित्र ‘ऊनको स्वीटर’ को विशेष प्रदर्शन शो बुधबार वन सिनेमा, आइप्लेक्स मलमा सम्पन्न भएको छ । शोमा नेपाली चलचित्र क्षेत्रका विभिन्न चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको थियो । गायक राजेश पायल राईको स�. . .